पोखरा । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीका लागि फिस्टेल हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिसँग विभिन्न स्वास्थ्य सेवा तथा सुविधामा छुट प्रदान गर्नेबारे सम्झौता गरेको छ ।
बैंकतर्फबाट सहायक महाप्रबन्धक संयुक्तबहादुर धाख्वा र अस्पतालतर्फबाट अध्यक्ष प्राडा भोला श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै बैंकका ग्राहक एवं कर्मचारीले अस्पतालबाट उपलब्ध सेवामध्ये डाक्टर परामर्श, युएसजी, युजिआई इन्डोस्कोपी, इसिजी, एक्सरे, सिटी स्क्यान, बेड चार्ज, ल्याब सेवामा ५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
पोखरा गैह्रापाटनस्थित उक्त हस्पिटलले अन्तर्राष्ट्रियस्तरको प्रविधि, उपकरण तथा अनुभवी डाक्टरबाट विभिन्न रोगको उपचार सुविधा दिँदै आएको छ ।
पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रिन डेभलपमेन्ट बैंकले आफ्ना शाखा कार्यालय मार्फत मोबाइल बैंक, क्युआर कोड, आइपिएस, आइपिएस कनेक्ट, एटिएम÷डेबिट कार्ड, क्युआर लगायत डिजिटल बैंकिङ सुविधा तथा सर्वसुलभ कर्जा सेवा प्रदान गर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
गुहेश्वरी मर्चेन्टको वित्तीय साक्षरता
रेडक्रसलाई लुम्बिनी विकासको सहयोग
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
ग्रिनका अध्यक्ष श्रेष्ठको सपथ
ग्रीन बैंकको वार्षिक साधारणसभा
hero news full width
मुख्य समाचार
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ
अधिकारी सरकारविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
जेठ ८, २०८१कामचलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको परिमार्जित आधारपत्र सार्वजनिक
जेठ ८, २०८१कालिका बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र
जेठ ८, २०८१अधिकारी सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र पोखरेलको इजलासमा
जेठ ८, २०८१अधिकारी सरकारको वैधानिकताको टुंगो आज
जेठ ८, २०८१