बिरेठाँटीले स्वर्ण जयन्ती मनाउँदै

आदर्श समाज सम्वाददाता
जेठ ८, २०८१
Birethanti

पोखरा । अन्नपूर्ण गाउँपालिका ८, बिरेठाँटीस्थित माध्यमिक विद्यालयले आगामी वर्ष २०८२ स्थापनाको ५० औं वर्ष (स्वर्ण जयन्ती) मनाउने भएको छ ।

मंगलबार विरेठाँटी मावि स्वर्ण जयन्ती सम्बन्धमा पूर्व तयारीका लागि भेला बस्यो । भेलाले विभिन्न समिति उपसमिति गठन गरेको छ । सो अवसरमा मंगलबार विद्यालका संस्थापक, जग्गादाता, चन्दादाता, सल्लाहकार, वर्तमान तथा भूपू विव्यस, शिअ संघ लगायत विद्यालयका पूर्व शिक्षक कर्मचारी, पूर्व विद्यार्थी र अभिभावकहरु तथा आमा समूह, वन उपभोक्ता समिति, खानेपानी तथा सरसफाइ समितिका प्रतिनिधि लगायत सरोकारवालाको उपस्थिति थियो ।

भेलाले कृष्ण गौचनको संयोजकत्वमा २ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको हो । विष्णुमाया गुरुङको संयोजकत्वमा आर्थिक समिति, इ. सुमन शर्माको संयोजकत्वमा भूपू विद्यार्थी मञ्च, धर्मदत्त पौडेलको संयोजकत्वमा भूपू शिक्षक मञ्च, टेकबहादुर गुरुङको संयोजकत्वमा प्रचार प्रसार समिति, लिलबहादुर कुँवरको संयोजकत्वमा शैक्षिक क्रियाकलाप समिति, मायादेवी शर्माको संयोजकत्वमा स्वागत सत्कार समिति, अतीत गुरुङको संयोजकत्वमा खेलकुद समिति, भीमलाल सुवेदीको संयोजकत्वमा अभिलेख तथा स्मारिका व्यवस्थापन समिति, राजेन्द्र शेरचनको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति साथै मीना गुरुङको संयोजकत्वमा सांस्कृतिक समिति चयन गरेको हो ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ अध्यक्ष देवेन्द्र शेरचनले स्वर्ण जयन्ती सबैको गर्वको विषय भएको र सबैले योगदान गरेर भव्य रुपमा सम्पन्न गर्नुपर्ने बताए ।

वडाध्यक्ष विजय गुरुङले विद्यालयको स्थापनादेखि हालसम्म र स्वर्ण जयन्तीका अवसरमा पनि योगदान दिने सम्पूर्णलाई विद्यालयले अभिलेखका रुपमा व्यवस्थित गर्दै सम्मान गर्ने उपयुक्त अवसर स्वर्ण महोत्सव हुने बताए । भूपू विद्यार्थी इ.सुमन शर्माले आफू आजको स्थानमा पुग्नुमा विद्यालयका मुख्य आधार रहेको र आगामी दिनमा सञ्चालनमा रहेको प्राविधिकधार कम्प्युटर इञ्जिनियरिङलाई अझ बिस्तार गर्नुपर्नेमा जोड दिए ।

विद्यालय अध्यक्ष डिल्लीराज जैसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक भविकला कुँवरले गरेकी हुन् । कार्यक्रममा स्वागत गर्दै प्रअ हिमलाल न्यौपानेले कार्यक्रममािथ प्रकाश पारेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width