त्रिभुवन विमानस्थलमा सौर्यको जहाज दुर्घटना

आदर्श समाज सम्वाददाता
श्रावण ९, २०८१
tia

पोखरा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ ।

सि चेक गर्नका लागि काठमाडौंबाट पोखरा ल्याउनेक्रममा सिआरजे २०० जहाज बिहान करिब ११ बजे दुर्घटना भएको हो । जहाजमा एक्कासि आगो लागेपछि अग्निनियन्त्रक र सुरक्षाकर्मीले आगो निभाउने प्रयास गरेका थिए ।

जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर अस्पतालमा लगिएको छ ।

सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलका अनुसार क्यानसँग अनुमति लिएर जहाज पोखरा लैजान लागेको र जहाज उड्नेबित्तिकै तल झरेको हो ।

दुर्घटनाबारे थप जानकारी आउन बाँकी छ ।

Related News

सम्बन्धित समाचार

  • पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन अन्तर्गत शनिबार नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ । शुक्रबार पोखराका मेयर…
  • डेभिज फल सहकारीको १३ औं वार्षिक साधारणसभा

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा, २८ भदौ । डेभिज फल बचत तथा ऋण सहकारी संस्था लि., पोखरा–१७ को १३ आौं वार्षिक साधारण सभा शुक्रबार…
  • लक्ष्मी विद्या पदक प्रदान

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । कास्कीका विभिन्न क्याम्पसबाट व्यवस्थापन संकायअन्तर्गत विभिन्न तहमा उत्कृष्ट हुने विद्यार्थीलाई ‘लक्ष्मी विद्या पदक’ द्वारा सम्मान गरिएको छ ।…
  • सुनास कास्कीमा सिरोज

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीमा सिरोज कोइराला अध्यक्षमा निर्विरोध निर्वाचित भए । शुक्रबार संस्थाको १८ औं वार्षिक…
  • पोखरामा अमोडा ई५ डिलक्स र जेको जे६ लन्च

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । पोखरामा शुक्रबार अमोडा ई५ डिलक्स र अफरोडर एसयूभी जेको जे६ सार्वजनिक गरिएको छ । पोखराका लागि ओमोडा र…

hero news full width