पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ ।
बिहीबार झापाको विर्तामोडस्थित घरमा साँझको खाना खाएपछि उनी अकस्मात बेहोस भएका थिए । अस्पताल लैजानेक्रममा बाटोमै उनको निधन भएको परिवारले जनाएको छ । उनी लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए । छोरा मिलन र परिवारका अन्य सदस्यका साथ दमक बस्दै आएका थिए । गुरूपूर्णिमाको दिनदेखि उनी बिरामी थिए ।
उनको वल्लो खोलो, पल्लो खोलो, निगालो घारीमा च्याखुरा नाच्यो, खिपीमा खिपी बिनायो बाजा लगायतका गीतहरू पनि चर्चित छन् । २०१३ सालमा रेडियो नेपालमा पहिलो गीत रेकर्ड गराएका उनले २०२२ देखि २०२९ सालसम्म रेडियो नेपालमा पोखराका जनकविकेशरी धर्मराज थापासँग पनि काम गरे ।
धनकुटा ६, बिचबजारमा जन्मिएका जोशीले आजीवन लोकसंस्कृतिको क्षेत्रमा योगदान पुर्याएका छन् । बाल्यकालदेखि नै गीतसंगीतमा चासो राख्ने उनले लोकगीत सम्राटको उपाधिसमेत पाइसकेका छन् ।
जोशी आफ्नो जीवनकालमा रंगकर्मी, चित्रकार तथा कोरियोग्राफर समेत बने । उनले ९ फिल्ममा काम गरे । ‘हिजो आज भोलि’ फिल्ममा उनी पहिलो नायिका भुवन चन्दसँग समेत काम गरेका थिए ।
उनले किराँत नृत्य राष्ट्रियस्तरमा चिनाउने कामसमेत गरे । महाकवि लक्ष्मीप्रसाद देवकोटाको महाकाव्य ‘मुनामदन’ को गीतिनाटक समेत उनले मञ्चन गरेका थिए । लोकसंस्कृतिको क्षेत्रमा नामी भएका उनले इन्डियन युनभिर्सिटीले डाक्टरको मानार्थ उपाधि समेत पाए।
Related News
सम्बन्धित समाचार
पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
डेभिज फल सहकारीको १३ औं वार्षिक साधारणसभा
लक्ष्मी विद्या पदक प्रदान
सुनास कास्कीमा सिरोज
hero news full width
मुख्य समाचार
‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार
भाद्र २८, २०८१‘रमाउन नसक्नेले राजनीति नगर्नू’
भाद्र २८, २०८१ढाकाकुमार पक्राउ
भाद्र २७, २०८१शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा
भाद्र २७, २०८१पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
भाद्र २७, २०८१