व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश

आदर्श समाज सम्वाददाता
जेठ २, २०८१
high court pokhara

पोखरा । तनहुँको व्यास नगरपालिका प्रमुखका लागि भएको निर्वाचनको पुन मत गणना गर्न उच्च अदालत पोखराले मंगलबार आदेश दिएको छ । कामु मुख्य न्यायाधीश राजनप्रसाद भट्टराई र न्यायाधीश निर्मला पौडेल भट्टराईको इजलासले पुनः मतगणना गर्न आदेश दिएको हो ।

२०७९ बैशाखमा भएको निर्वाचनमा नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका दीपकराज जोशीले पुन मतगणनाको माग गर्दै उतिबेला नै उच्च उदालत पोखरामा मुद्दा दर्ता गराएका थिए ।

३६ पटक पेसी सरेपछि जोशीको रिटमा आदेश आएको हो

मत परिणाम अनुसार नेपाली कांग्रेसका बैकुण्ठनाथ न्यौपाने १२ हजार ७८ ल्याउँदा जोशीले २ सय ५२ कम अर्थात् ११ हजार ८ सय २६ मत ल्याएका थिए ।
जोशीले मतगणना कार्य वदर गरी दोहो¥याइ मतगणना गरी पाऊँ भनी २०७९ जेठ १२ गते रिट दायर गरेकामा भोलिपल्ट विपक्षीका नाममा कारण देखाउ आदेश जारी भएको छ । निर्वाचन आयोग नेपाल, मुख्य निर्वाचन अधिकृत, मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँ, जिल्ला निर्वाचन कार्यालय तनहँु र वैकुण्ठनाथ न्यौपानेलाई विपक्षी बनाइ उनले रिट दायर गरेका थिए ।

३६ पटक पेसी सरेपछि जोशीको रिटमा आदेश आएको हो । रिट दायर भएपछि २०७९ जेठ १३ मा कारण देखाउ आदेश जारी भएकामा त्यसपछि २ पटक प्रमाण माग्ने आदेश भएको छ । २०८० चैत ६ गते वहस नोट माग्ने आदेश आएको थियो । त्यसवाहेक कहिले हेर्न नभ्याइने भएर पेसी सरेका थियो भने कहिले प्रत्यर्थी र कहिले विपक्षीबाट पेसी सार्ने काम हुँदै आएको थियो ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width