रेवान पोखरामा विश्वराज

आदर्श समाज सम्वाददाता
श्रावण ११, २०८१
Reban pokhara

पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं वार्षिक साधारणसभा एवं १६ औं अधिवेशनले उनको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संस्थाको निवर्तमान अध्यक्षमा नरेश भट्टराई, प्रथम उपाध्यक्ष वसन्त गौतम, द्वितीय उपाध्यक्ष विकास भट्टराई, महासचिव वीरेन्द्र शेरचन, सचिव भीष्मराज पौडेल, कोषाध्यक्ष रोशनजंग कार्की र सहकोषाध्यक्ष वैभव पौडेल चयन भए ।

कार्यसमिति सदस्यमा योगेश भट्टराई, लोकबहादुर गुरुङ, विष्णु बानियाँ, सफल थापा, लोकेश ढकाल, सुरेश न्यौपाने, कृष्ण अधिकारी र सुनिल भट्टराई छन् । समितिको कार्यकाल २ वर्षको हुनेछ ।

यसअघि, साधारणसभा उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा पर्यटनको राजधानी घोषणा भइसकेको स्मरण गराउँदै यो साँच्चिकै पर्यटनको राजधानी बनाउने गरी घोषणा गरिएको बताए । उनले पोखराको पर्यटनबाट प्रचूर सम्भावना रहेको उल्लेख गर्दै महानगरले पनि सरोकारवाला निकायसँग सहकार्य गरी अघि बढ्ने बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, पर्यटन परिषद् पोखराका अध्यक्ष पोमनारायण श्रेष्ठ, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय प्रमुख नवीन पोखरेल, अग्रज पर्यटन व्यवसायी अशोक पालिखे, रेवान पोखरा अध्यक्ष नरेश भट्टराई लगायतले पोखराको पर्यटन र पर्यटन व्यवसायीको हकहितको पक्षमा बोलेका थिए ।

सो अवसरमा नागरिक पत्रकार सन्तोष पोखरेल नगद २५ हजारसहित सम्मानित भए । यस्तै, अग्रज पर्यटन व्यवसायी अशोक पालिखेलाई पनि सम्मानित गरियो ।

Related News

सम्बन्धित समाचार

  • पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पाेखरा, २९ भदौ । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लि.को छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार पोखरा न्यूरोडस्थित पाल्पा…
  • पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन अन्तर्गत शनिबार नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ । शुक्रबार पोखराका मेयर…
  • डेभिज फल सहकारीको १३ औं वार्षिक साधारणसभा

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा, २८ भदौ । डेभिज फल बचत तथा ऋण सहकारी संस्था लि., पोखरा–१७ को १३ आौं वार्षिक साधारण सभा शुक्रबार…
  • लक्ष्मी विद्या पदक प्रदान

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । कास्कीका विभिन्न क्याम्पसबाट व्यवस्थापन संकायअन्तर्गत विभिन्न तहमा उत्कृष्ट हुने विद्यार्थीलाई ‘लक्ष्मी विद्या पदक’ द्वारा सम्मान गरिएको छ ।…
  • सुनास कास्कीमा सिरोज

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीमा सिरोज कोइराला अध्यक्षमा निर्विरोध निर्वाचित भए । शुक्रबार संस्थाको १८ औं वार्षिक…

hero news full width