कालिका बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र

आदर्श समाज सम्वाददाता
जेठ ८, २०८१
kalika campus

पोखरा । पोखराको कालिका बहुमुखी क्याम्पसले क्युएए प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । विश्वविद्यालय अनुदान आयोग नेपालबाट गत २ जेठमा क्याम्पसलाई उक्त प्रमाणपत्र दिने निर्णय भएकोमा मंगलबार प्रमाणपत्र प्राप्त भएको क्याम्पस प्रमुख विरन्जी गौतमले जानकारी दिए ।

पोखराको काजीपोखरीस्थित यो कलेजलाई क्युएए दिइनुअघि यहाँको गुणस्तरको मूल्यांकन गरिएको थियो । कालिकासहित पोखरा क्षेत्रका कलेजमा यस्तो प्रमाणपत्र प्राप्त गर्ने ३ पुगेका छन् । यसअघि, जनप्रिय बहुमुखी क्याम्पस र पृथ्वीनारायण क्याम्पसलाई क्युएए प्रमाणपत्र दिइएको थियो ।

२०४८ सालमा स्थापना भएको कालिका बहुमुखी क्याम्पसमा हाल ६८ कर्मचारी र १६५० विद्यार्थी छन् ।

कलेजमा व्यवस्थापन, मानविकी र शिक्षा संकायअन्तर्गत एमए, एमबिएस, बिए, बिबिएस र बिएड तहको पढाइ हुुँदै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width