पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार

आदर्श समाज सम्वाददाता
जेठ २, २०८१
spa-sketch-spa-specials-page-website

सांकेतिक तस्बिर

पोखरा । पोखरा लेकसाइडका मसाज सेन्टर (स्पा) बाट ६ जना बालिकाहरुको उद्धार गरिएको छ ।

बालिकाहरुलाई यौनजन्य कार्यमा लगाउने गरेको पाइएपछि जिल्ला प्रहरी कार्यालय, पोखरा महानगरपालिका सामाजिक महाशाखा र शक्ति समूह नेपालबाट खटिएको अनुगमन टोलीले बुधबार उनीहरुलाई उद्धार गरेको हो ।

टोलीले लेकसाइडमा सञ्चालित मसाज सेन्टरमध्ये ५ वटामा अनुगमन गरेकोमा १८ वर्षमुनिका ६ जना बालिकाहरुलाई काममा लगाइएको पाइएपछि उद्धार गरी अनुसन्धान थालेको जनाएको छ ।

टोलीले सेन्टर पोइन्ट स्पा र न्यू भिजन स्पाबाट २/२ जना, हिमालय स्पा र पारामाउन्टबाट १/१ जना बालिकाको उद्धार गरेको हो । गुड विल स्पामा भने बालिका नरहेको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी वसन्तकुमार शर्माले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग