रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०८१
lbbl

पोखरा । लुम्बिनी विकास बैंक लिमिटेडले नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखालाई प्रादेशिक रक्तसञ्चार सेवा पोखराको प्रयोगशाला व्यवस्थापनका लागि आवश्यक पर्ने ‘डिजिटल हट एयर ओभन उपकरण’ हस्तान्तरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकका सञ्चालक समिति सदस्य रामचन्द्र सिग्देलले रेडक्रस कास्की सभापति डण्डराज शर्मा पौडेललाई उक्त उपकरण सोमबार हस्तान्तरण गरेका हुन् ।

सञ्चालक सिग्देलले प्रादेशिक रक्तसञ्चार सेवा पोखराको प्रयोगशाला व्यवस्थापनका लागि प्रत्यक्ष सकारात्मक प्रभाव पर्ने हुनाले उक्त उपकर सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । कार्यक्रममा बैंकका पोखरास्थित कार्यालयका शाखा प्रमुखहरु, रेडक्रस कास्की उपसभापतिद्वय धर्मराज अधिकारी र उर्मिला खड्का, कोषाध्यक्ष सन्तोष अधिकारी लगायत विभिन्न पदाधिकारीहरुको उपस्थिति थियो । रेडक्रस सभापति पौडेलले बैंकले गरेको सहयोगका लागि धन्यवाद दिँदै भविष्यमा पनि आपसी सहकार्यका लागि अपेक्षा रहेको बताए ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको विभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा छ ।

लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहकहरुको आवश्यकता अनुसार सेवा दिने उद्देश्यले बैंकले विभिन्न प्रकारका निक्षेप खाताहरु तथा सरल सुलभ तरिकाले विभिन्न प्रकारका कर्जा सुविधाहरु प्रदान गर्दै आएको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width