पोखरा । पोखरामा वि.सं २०१० को दशकदेखि ‘बुद्ध जयन्ती’ मनाउन थालियो । २०५० सालसम्ममा पोखरामा बौद्धमार्गीहरूको संख्या बाक्लियो । उनीहरूले छुट्टाछुट्टै स्थानमा कार्यक्रम गर्न थाले । त्यसपछि बुद्ध जयन्तीलाई एकरुपता दिनका विभिन्न जनजाति बौद्धमार्गीहरूलाई समेटेर २०६० को दशकदेखि सामूहिकरुपमा जयन्ती मनाउन सुरु गरियो ।
त्यो समयमा सबैलाई समेट्नका लागि बुद्ध जयन्ती समारोह समिति गठन गरिएको थियो । हरेक वर्ष यही समितिले सामूहिक रुपमा विभिन्न कार्यक्रम गर्दै आएको छ । यो वर्ष पनि २५६८ औं बुद्ध जयन्ती समारोह समितिले सप्ताहव्यापीरुपमा यो जयन्ती मनाउने भएको छ ।
समितिले मंगलबार पत्रकार सम्मेलन गरी जेठ ३ गतेदेखि १० गतेसम्म विभिन्न कार्यक्रम गर्ने जानकारी दिएको हो । पदयात्रा, साइकल ¥याली, प्राणदान, भोजनदान, गणचक्र पूजा, नाटक प्रदर्शन, सम्मानलगायत विभिन्न कार्यक्रम गरिने समितिका अध्यक्ष चन्द्रप्रसाद गुरुङले जानकारी दिए ।
बुद्ध धर्मको प्रचारप्रसार र संवद्र्धन गर्न योगदान दिनेहरूलाई २०६० सालदेखि नै संस्थाले सम्मान गर्दै आएको छ
जेठ १० गते बुद्ध जयन्तीको दिन शान्ति ¥यालीसहित सभागृहचोकमा मूल समारोह गरिने उनले बताए । त्यसदिन धर्मशिला बुद्ध बिहारबाट सुरु भएको शान्ति ¥याली पालिखेचोक, चिप्लेढुंगा, सिद्धार्थचोक, बगालेटोल, सिमलचौर, सिर्जनाचोक, सभागृहचोक हुँदै सभागृह हलमा पुगेर मूल समारोहमा परिणत हुने उनको भनाइ थियो । त्यहाँ ज्ञानमाला भजन, सांस्कृतिक कार्यक्रम, नाटक प्रदर्शन, सम्मानलयायत विभिन्न कार्यक्रम हुने उनले बताए । सोही दिन पूजा संकलन, शील प्रार्थना, बुद्ध पूजा, दीप प्रज्ज्वलन, भैषज्य पूजा पनि गरिने उनले सुनाए ।
सोही कार्यक्रममा बुद्ध धर्मको प्रचारप्रसार र संवद्र्धनमा योगदान पु¥याउने व्यक्तिलाई सम्मान अर्पण गरिने समितिकी महासचिव बालकुमारी गुरुङले जानकारी दिइन् । यो पटकको सम्मान तिब्बतीयन क्याम्प, पृथ्वीचोकका प्रमुख छिरिङ सिटेनलाई अर्पण गर्न लागिएको छ । ‘२०६० सालदेखि नै हामीले बुद्ध जयन्ती मनाउने क्रममा बुद्ध धर्मको प्रचारप्रसार र संवद्र्धन गर्न योगदान दिनेहरूलाई सम्मान गर्दै आएका छौं । अहिलेसम्म २२ जना सम्मानित भइसक्नुभएको छ,’ उनले भनिन्, ‘गत वर्ष नरेन्द्र लालचन र तिलकुमारी ह्याल्मोलाई सम्मान गरेका थियौं । यो वर्ष छिरिङ सिटेनलाई सम्मान गर्दै छौं ।’ सिटेनले लामो समयदेखि क्याम्पमा बसेर विद्यार्थीहरूलाई बुद्ध शिक्षाको ज्ञान दिँदै आएको उनले सुनाइन् ।
जेठ ३ गते पहिलो दिन शुभारम्भ र साइकल ¥याली गरिने समितिका अध्यक्ष गुरुङले जानकारी दिए । कनिङ घेछेलिङ गुम्बा दीपबाट सुरु भएको साइकल ¥याली विश्व शान्ति स्तुपा अनदुमा पुगेर समापन हुनेछ । दोस्रो दिन जेठ ४ गते बेगनास तालमा माछाको भुरा छाडेर प्राणदान, नेपाल मगर संघमा धर्म देशना र सुखावती बौद्ध गुम्बा गाईघाटमा बुद्ध पूजा र धर्म देशना गरिनेछ ।
जेठ ५ गते टुटुंगाको आरोग्य आश्रममा भोजन दान, निशुल्क स्वास्थ्य शिविर, वृद्धाश्रममा भोजन, गणचक्र पूजा, ध्यान शिविर हुनेछ । जेठ ६ गते पनि प्राण दान, गणचक्र पूजा र आर्थिक सहयोग गरिनेछ ।
जेठ ७ गते भिक्षु शुभद्र स्मृति सभा, रक्तदान, धर्मदेशना कार्यक्रम गरिनेछ । ८ जेठमा बौद्ध आचार्य खेम्पो शिर लामाबाट धर्मदेशना, खाद्यान्न र लत्ताकपडा सहयोग र सरसफाइसँगै वृक्षरोपण कार्यक्रम हुनेछ । ९ गते प्रभातफेरी, रथ सजावट, सरसफाइ, प्राणदान र खेम्पो लामा फोन्छोकबाट धर्मदेशनाको कार्यक्रम तय गरिएको उनले बताए ।
समितिका कोषाध्यक्ष गोविन्द ताम्राकारले बुद्ध पूर्णिमाको दिन भगवान् गौतम बुद्धको तस्बिर तथा बौद्ध झण्डा सडकमा सजाएर राख्न आग्रह गरेका छन् । विदेशीहरूमा बुद्ध धर्मप्रति आस्था बढिरहँदा नेपालीमा सोचेजस्तो चासो नबढेकोमा उनको चिन्ता थियो । बुद्ध धर्मको प्रचारप्रसारमा हरेक नेपाली सजग हुनुपर्नेमा उनले जोड दिए ।
Related News
सम्बन्धित समाचार
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
बगर भाइखलक युकेमा ओम
क्वोने (घोताने/घोन्डे) गुरुङ समाज युकेको नवौं भाइखलक भेटघाट तथा चेलीबेटी भोज
संगीतकार सुरेश सम्मानित
hero news full width
मुख्य समाचार
सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१