लेउवा संघमा वालिङ उद्योग वाणिज्य संघको टोली

आदर्श समाज सम्वाददाता
जेठ १, २०८१
LCCI

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले वालिङ उद्योग वाणिज्य संघका भ्रमण दलका सदस्यलाई स्वागत, परिचयात्मक कार्यक्रम तथा अन्तत्र्रिmया गरेको छ ।

लेखनाथ उद्योग वाणिज्य संघलगायत नेपालको पूर्वी भागमा रहेका विभिन्न उद्योग वाणिज्य संघबीच संघका गतिविधि र अनुभव आदानप्रदान गर्ने र पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यसहित भ्रमणको आयोजना गरिएको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी गराएका थिए ।
श्रेष्ठले २०५४ सालमा स्थापना भएका २ संघबीच २०६२ फागुन १२ गते भगिनी सम्बन्ध विकास भएको र हरेक क्रियाकलापमा २ संघबीच निरन्तररुपमा सहयोग एवं सद्भावको आदानप्रदान भएको बताए ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु चतुराखर अधिकारी, बाबुराम गिरी, लक्ष्मीप्रसाद त्रिपाठीले २ संघबीचको सम्बन्ध र महोत्सवका विषयमा चर्चा गरेका थिए ।

वालिङ उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिति र महिला उद्यमी विकास समितिका सदस्य एवं कर्मचारीहरू समेत गरी जम्मा २७ जनाको उपस्थिति रहेको उक्त भ्रमण दलले राखेका विभिन्न जिज्ञासाबारे अध्यक्ष विनोद श्रेष्ठ र निवर्तमान अध्यक्ष छत्रधर आत्रेयले प्रष्ट पारेका थिए ।

लेखनाथ उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकारको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन महासचिव जानुका पराजुली अधिकारी र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width