जिबी राईको राहदानी रद्द भएन

आदर्श समाज सम्वाददाता
जेठ १, २०८१
court

पोखरा । सूर्यदर्शन सहकारी ठगीका मुख्य आरोपी गीतेन्द्रबाबु राई (जिबी) को राहदानी रद्द गर्न कास्की अदालतले अस्वीकार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले उनको राहदानी खारेज गर्न माग गर्दै निवेदन दिएको थियो । जिल्ला न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले राईको राहदानी रद्द गर्ने आदेश जारी गर्न नमिल्ने आदेश दिएको हो ।

राहदानी रद्द गर्न प्रहरीले सरकारी वकिल कार्यालयमार्फत अदालतमा अनुमति मागेको थियो । राहदानी रद्द गर्नका लागि अदालतको आदेश आवश्यक हुने भएपछि निवेदन दिइएको थियो । राहदानी ऐनको दफा १२ मा सहकारी सम्बन्धी कसुर उल्लेख नभएको भन्दै अदालतले अस्वीकार गरेको हो ।

ऐनमा ‘राहदानी, अध्यागमन, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, अपहरण, लागु औषध, अवैध हातहतियार कारोबार, संगठित अपराध वा आतंकवाद सम्बन्धी कसुरको अभियोगमा अदालतमा मुद्दा चलिरहेको अवस्थामा अदालतको आदेश बमोजिम त्यस्ता व्यक्तिको राहदानी जारी नगर्न वा रोक्का राख्न अदालतले लेखी पठाएको’ भनेको छ । उक्त दफामा सहकारी ठगीको कसुर उल्लेख नै नभएकाले प्रहरीको निवेदन वा मागकै आधारमा मात्र अनुमति दिन नमिल्ने आदेशमा भनिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width