बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ

आदर्श समाज सम्वाददाता
जेठ २, २०८१
sandip

पोखरा । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उच्च अदालत पाटनले उनलाई निर्दोष ठहर गरेको हो ।

गौशाला २६ (परिवर्तित नाम) ले गत वर्ष २१ भदौमा दायर गरेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए ।

२ दिनसम्म दुवै पक्षको बहसपछि उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले सन्दीपलाई बुधबार निर्दोष ठहर गरेको हो ।सफाइ दिनुको आधार र कारणबारे पूर्णपाठमा मात्रै विस्तृत विवरण खुल्ने उच्च अदालत पाटनले जनाएको छ । यो फैसलासँगै उनी फेरि क्रिकेटमा फर्किन योग्य भएका छन् ।

नेपाल क्रिकेट संघले उनलाई निलम्बनमा राखेकोमा फैसलासँगै तत्काल फुकुवा गरेर टी–२० विश्वकपमा खेलाउने बाटो खोलिदिएको छ ।

आफू निर्दोष सावित भएपछि क्रिकेटर सन्दीपले आफूले नेपाली क्रिकेटको उचाइ अझ माथि पुर्‍याउने बताएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width