पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित  सर्वोच्चका सबै सुनुवाइ स्थगित

आदर्श समाज सम्वाददाता
वैशाख २७, २०८१
Supreme-Court

पोखरा ।  पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएको छ ।  सर्वोच्च अदालतमा आजका लागि तोकिएका सबै पेशीको सुनुवाइ उनको निधनपछि स्थगित भएको छ ।

पेशी तोकेर सुनुवाइमा चढिसकेका सबै मुद्दा आज स्थगित भएको सर्वोच्च प्रशासनले जनाएको छ । आज गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारसम्बन्धी विवादको सुनुवाइ हुने तय भएपनि योसहित सबै स्थगित हुने भएको छ ।

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाएको भनिएको विश्वासको मतविरुद्ध कांग्रेसका सुरेन्द्रराज पाण्डेले वैशाख २५ गते रिट दायर गरेका थिए । त्यसको प्रारम्भिक सुनुवाइका लागि आज पेसी तोकिएको थियो । रिटको सुनुवाई न्यायाधीश मनोज शर्माको इजलासमा हुने भएको थियो ।

तर, प्रशासनिक कार्यहरु भने निरन्तर हुने सर्वोच्चले जनाएको छ । कोशीका अपदस्थ मुख्यमन्त्री केदार कार्की पनि रिट दर्ता गर्न सर्वोच्च पुगेका छन् । सुनुवाई नभए पनि रिट दर्ता भने हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width