टाइगर कपको आयव्यय सार्वजनिक, साढे १८ लाख बचत

आदर्श समाज सम्वाददाता
वैशाख ३१, २०८१
4 tiger cup

पोखरा । पोखरामा गत माघमा भएको टाइगर कप भलिबलको आयव्यय सार्वजनिक गरिएको छ । चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८० बाट १८ लाख ३७ हजार बचत भएको आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले जनायो ।

गत १ देखि ६ माघसम्म पोखरा रंगशालामा भएको उक्त भलिबल प्रतियोगितामा १ करोड २१ लाख ८८ हजार आम्दानी भएकोमा १ करोड ३ लाख खर्च भई उक्त रकम बचत भएको सोमबार पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए ।

पोखरालाई पर्यटनका साथै खेलकुदको सहर बनाउन नेपालको राष्ट्रिय खेल भलिबललाई पोखराको हबको रुपमा स्थापित गर्न संस्था कटिबद्ध रहेको उनले बताए । पुरुष र महिलातर्फ ६/६ टिमले भाग लिएका थिए । आयोजकले विदेशी टिम समेत मैदान उतारेको थियो । पुरुषतर्फ श्रीलंको आर्मी टिम र महिलातर्फ भारतको हरियाणा क्लबलाई समावेश गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • करार फालेर करार नियुक्त गर्दै महानगर

    आदर्श समाज सम्वाददाता माघ १३, २०८१
    पोखरा । तीन महिनायता पोखरा महानगरपालिका करार कर्मचारी विवादले जेलिएको छ । निर्णय गर्ने तर कार्यान्वयन नगर्ने शृृङ्खलाबाट गुज्रिरहेको पोखराको…
  • भलिबल क्रेज बढाउँदै टाइगर कप

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा शनिबारदेखि पोखरामा पाँचौं संस्करणको टाइगर कप भलिबल प्रतियोगिता सुरु भएको छ ।…
  • मिसिङः केटी हराएको सूचना रिलिज

    रासस माघ १२, २०८१
    काठमाडौं । शुक्रबारदेखि चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को सार्वजनिक प्रदर्शन सुरु भएको छ । गत साता दुई नेपाली चलचित्र…
  • गाईभैंसीपालक कृषकलाई तालिम

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । श्रीनगर एग्रिटेक इन्डष्ट्रिज लि.को आयोजनामा पोखरा–२३ माझथुममा गाईभैंसीपालन तथा आहारा व्यवस्थापन तालिम सम्पन्न भएको छ । एसके एग्रिकल्चर…
  • पोखरा महानगरपालिकाको १६ औैं नगर सभा सम्पन्न

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा महानगरपालिकाको १६ औैं नगर सभा शुक्रबार सम्पन्न भएको छ । गत २८ पुसदेखि शुभारम्भ भएको नगर सभा सभामा पेस…

hero news full width