पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग

आदर्श समाज सम्वाददाता
जेठ २, २०८१
korea pokhara

पोखरा ।  पोखरामा फोहोर मैला व्यवस्थापनबाट हरित रोजगारी सिर्जना गर्न दक्षिण कोरियाले  ९८ लाख अमेरिकी डलर बराबर अनुदान प्रदान गर्ने भएको छ । अर्थ मन्त्रालय र कोरिया सरकारबीच त्यससम्बन्धी समझदारीपत्रमा मंगलबार हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र नेपालका लागि कोरियाली राजदूत तेयोङ पार्कले हस्ताक्षर गरे । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) मार्फत प्राप्त हुने सो रकम पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिनेछ ।

उक्त कार्यक्रम सयुंक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) मार्फत सञ्चालन हुने समझदारीपत्रमा उल्लेख छ । परियोजनाको संयोजन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्नेछ ।

अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालका अनुसार पोखरा महानगरपालिकासँगको सहकार्यमा फोहोरमैला व्यवस्थापन माध्यमबाट हरित रोजगारी सिर्जना गरिनेछ ।

परियोजनाको लक्ष्य नगरपालिकाको क्षमता अभिवृद्धि, सूक्ष्म, साना तथा मझौला उद्यम प्रवद्र्धन गरी दिगो विकास लक्ष्य हासिल गर्नु रहेको मन्त्रालयले जनाएको छ । महानगर क्षेत्रभित्रका घरहरुबाट निस्कने अव्यवस्थित फोहोरको पुनः प्रयोग तथा फोहोरमा आधारित उद्योगहरुलाई आर्थिक र प्राविधिक सहयोग गर्नुका साथै बजारसँगको पहुँच वृद्धिका लागि उक्त रकम खर्च गरिनेछ ।

समझदारीपत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा अर्थसचिव मरासिनीले कोरियाले नेपालको आर्थिक विकासमा गर्दै आएको सहयोगका लागि धन्यवाद दिए । राजदूत पार्कले हरित रोजगारी परियोजनामार्फत बेरोजगारीहरुले रोजगारीको अवसर प्राप्त गर्ने तथा नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । नेपाल–कोरिया दौत्य सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको स्मरण गर्दै नेपाल आफूहरुको प्राथमिकतामा रहेको बताए ।

उनले नेपाललाई आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । नेपालका लागि कोइकाका आवासीय निर्देशक कङ मुहेओनले यस परियोजनाले सर्वसाधारणमा फोहोरको उचित व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेबारे ज्ञानसमेत प्राप्त हुने बताए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकीमा बजेटको सिद्धान्त र प्राथमिकता आज

    आदर्श समाज सम्वाददाता जेठ १७, २०८१
    पोखरा । गण्डकी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्ति भएलगत्तै प्रदेश सभाको बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिवाललयले सूचना…
  • पोखरा मुग्लिन सडक विस्तार- पोखरा खण्डमा पिचको तयारी

    आदर्श समाज सम्वाददाता जेठ १७, २०८१
    पोखरा । निर्माणाधीन पोखरा मुग्लिन सडक विस्तार परियोजनाको पोखरा खण्डमा पिचको तयारी गरिएको छ । पछिल्लो समय तीव्रताका साथ काम…
  • ५२ दिनपछि पाण्डेको ‘कमब्याक’

    आदर्श समाज सम्वाददाता जेठ १७, २०८१
    पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे ५२ दिनपछि गण्डकीको मुख्यमन्त्रीमा फर्किएका छन् । सर्वोच्च अदालतले…
  • प्रदेशका मन्त्रीले क्वाटरमै बुझे ५० लाख घुस !

    आदर्श समाज सम्वाददाता जेठ १६, २०८१
    गण्डकी प्रदेशका एक मन्त्रीले पदमा बहाल रहेकै बेला निवासमै बोलाएर बहुवर्षे योजनाका लागि ५० लाख रुपैयाँ बुझेको, बाँकी १० लाख…
  • रविचन्द्रलाई अन्नपूर्ण पर्यटन पुरस्कार

    आदर्श समाज सम्वाददाता जेठ १६, २०८१
    पोखरा । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा सञ्चालित यस वर्षको अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८१ रविचन्द्र पराजुलीलाई प्रदान गरिने भएको छ ।…

hero news full width

trending post

ट्रेन्डिङ्ग