मुख्यमन्त्री अधिकारी सडक अनुगमनमा

आदर्श समाज सम्वाददाता
वैशाख २८, २०८१
anugamana

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाको शुक्रबार स्थलगत अनुगमन गरेका छन् । उनले योजनाको पश्चिम खण्डअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा, बेलचौतारामा सडकको कामका बारेमा अनुगमन गरेका हुन् । उक्त अवसरमा मुख्यमन्त्री अधिकारीले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिँदै काममा तीव्रता दिन निर्देशन दिएका छन् । सडक आयोजनाको काम ढिलाइ हुँदा जनतालाई सास्ती भइरहेकोप्रति सचेत रहन मुख्यमन्त्री अधिकारीले आग्रह गरे ।

उक्त खण्डअन्तर्गत शुक्लागण्डकी नगरपालिकामा घर–टहरा भत्काउन ढिलाइ भएको छ । शुक्लागण्डकी नगरपालिकास्थित शेराटारदेखि कोत्रेसम्म सडक मापदण्डभित्र निर्माण गरिएका एक सय ४६ संरचना हटाउन ढिलाइ भएको हो ।

संरचना हटाउने प्रयोजनका लागि रितपूर्वक पेस भएका निवेदकहरुलाई क्षतिपूर्ति वितरणको कार्य प्रारम्भ भए पनि कतिपयले क्षतिपूर्ति रकम लिएर पनि घर भत्काउन ढिलाइ गरेको जनाइएको छ । पश्चिम खण्डमा हालसम्म २३ प्रतिशत प्रगति भएको छ । पश्चिम खण्डमा हालसम्म नौ किलोमिटर एकतर्फी कालोपत्र सकिएको छ । जामुनेदेखि पोखरासम्मको ३८ किलोमिटर दूरीमध्ये २० किलोमिटर सडक छ लेनको हुने पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले जानकारी दिए ।

पश्चिम खण्डका ४ ठाउँमा प्रिकाष्ट प्रविधिबाट पुल निर्माण गरिनेछ । तनहुँको म्याग्देखोला, कुम्लेखोला, कोत्रेको सेती नदी र विजयपुलमा प्रिकाष्ट प्रविधिबाट पुल निर्माणको काम अगाडि बढाइएको छ । पश्चिम खण्डको काम विगतमा केही सुस्त भए पनि अहिले कामले तीव्रता पाएको पौडेलको भनाइ छ ।

पश्चिम खण्डको म्याद अवधि विसं २०८१ भदौ १२ गतेसम्म रहेको छ । यो खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width