प्रदेशस्तरीय महिला क्रिकेट प्रशिक्षण

आदर्श समाज सम्वाददाता
जेठ ८, २०८१
Cricket news syangjas

स्याङ्जा । गण्डकी प्रदेश खेलकुद परिषद् गण्डकीद्वारा आयोजित महिला क्रिकेट प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

गण्डकी प्रादेशिक क्रिकेट संघको व्यवस्थापन तथा जिल्ला क्रिकेट संघ स्याङ्जाको समन्वयमा पुतलीबजारमा १० दिनसम्म सो प्रशिक्षण चलेको थियो ।

नगरपालिका उपप्रमुख देवी अर्यालले पुतलीबजारमा राम्रा र हाम्रा महिला क्रिकेट खेलाडी रहेको जनाउँदै उनीहरुका क्षमता र दक्षता बृद्धिका लागि नगरपालिकाले पनि सक्दो सहयोग गर्ने बताइन् । पुतलीबजार, जिल्ला, प्रदेश र संघ हँुदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेर आफनो र जिल्लाको नाम राख्न आग्रह गरिन् । शिक्षा, स्वास्थ्य जस्तै खेलकुदलाई पनि उत्तिकै महत्वका साथ हेरेर राज्यका तीन वटै तहले बजेट छुट्टाउनु पर्नेमा उनले जोड दिइन् ।

कार्यक्रममा गण्डकी खेलकुद परिषद्का बोर्ड सदस्य ऋषिराम गौतम, प्रशिक्षक रिजन प्रजु, प्रशिक्षार्थी प्रियांसु न्यौपाने र सृजना पौडेल लगायतले स्याङ्जा र यसअन्तर्गत रहेको पुतलीबजार नगरपालिकालाई महिला क्रिकेट हव बनाउन लागिपरेको जानकारी गराए ।

गण्डकी प्रदेश खेलकूद परिषद् अध्यक्ष सञ्जयदत्त सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सदस्य विद्या भट्टराईले स्वागत एवं क्रिकेट संघ स्याङ्जाका अध्यक्ष दिवाकर थापाले सञ्चालन गरेका थिए । प्रशिक्षणमा गण्डकी प्रदेशका कास्की, तनहँु, नवलपुर, पर्वत र स्याङ्जाका गरी ६४ जना परिक्षार्थी खेलाडी थिए । आवासीय प्रशिक्षण सम्पन्न भएसँगै प्रशिक्षार्थीलाई बिदाइ गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width