क्रिकेटमा कास्की र स्याङ्जा उपाधिका लागि भिड्ने

आदर्श समाज सम्वाददाता
असार ५, २०८१
cri

पोखरा । गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट उपाधिका लागि कास्की र स्याङ्जा भिड्ने भएका छन् ।

समूह ‘बी’ को खेलमा स्याङ्जा बुधबारको खेलमा अपराजित रहँदै ६ अंक बटुलेर कास्कीसँग फाइनल भिडन्त पक्का गरेको हो । समूह ‘ए’ बाट कास्की यसअघि फाइनल पुगिसकेको थियो ।

पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा बुधबार लिग चरणको अन्तिम खेलमा नवलपुरलाई स्याङ्जाले २ विकेटले पराजित गरेको हो । टस जितेर व्याटिङका लागि मैदानमा उत्रिएको नवलपुरले १७ ओभरमा सीमित गरिएको खेलमा १६.४ ओभरमा ७५ रन मात्रै बनाउन सक्यो ।

नवलपुरका लागि रिजन काफ्लेले ४५ बलमा ३० रनको योगदान दिए । कमल परियारले २२ बलमा १८ रनमात्र जोड्न सके । यस्तै, सुदीप अर्यालले १२ रनको योगदान दिए । पहिलो ओभरमा नै २ विकेट गुमाउँदै दबाबमा रहेको नवलपुर १३.६ ओभरमा ६८ रनमा ५ विकेट गुमाउन पुगेको थियो ।

स्याङ्जाका लागि प्लेयर अफ दि म्याच सन्दीप खत्री क्षत्रीले २.४ ओभरमा १४ रन दिएर २ विकेट लिए भने अंकित न्यौपानेले ३ ओभरको बलिङ स्पेलमा १३ रन खर्चिएर २ विकेट हात पारे ।

जवाफी ब्याटिङमा उत्रिएको स्याङ्जालाई जितका लागि अन्तिम ओभर कुर्नु प¥यो । १६.२ ओभरमा ८ विकेटको क्षतिमा ७९ रन बनाउँदै लक्ष्य भेटाउन सक्यो । जितका लागि अनिष ताम्राकारले १५ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २२ रनको योगदान दिए । ईश्वर क्षत्रीले २९ बलमा २१ रन बनाए भने प्रदीप पाण्डेले नटआउट रहँदै ११ रन बनाए ।

नवलपुरका लागि कमल परियारले ४ ओभरमा १ मेडन राख्दै १२ रन दिएर ३ विकेट लिँदा दीपक डुम्रेले ३ ओभरमा १ मेडनसहित ६ रन दिएर २ विकेट लिए ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टिम छनोट समेत रहेको यो प्रतियोगितामा विजेता टिमले १ लाख र उपविजेताले ५० हजार साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने गण्डकी प्रदेश क्रिकेट संघ अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए।

फाइनल बिहीबार हुनेछ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग