पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा आयोजित ब्यूटी कन्टेस्टमा १७ जना युवती उपाधि दौडमा छन् । ३ चरणको अडिसनमार्फत छनोट १७ जना प्रतिस्पर्धीबीच शनिबार पोखरा सभागृहमा ग्राण्ड फिनाले हुने बुधबार पत्रकार सम्मेलनमा आयोजक संस्था पोखरा जेसिसका अध्यक्ष देवराज शर्माले जानकारी दिए । एक महिनासम्म उनीहरुलाई विभिन्न विधामा तालिम दिइसकिएको छ ।
युवा नारीको अन्तर्निहित प्रतिभा प्रष्फुटन गराउन र नेतृत्व विकास गराउने उद्देश्यले मिस पोखरालाई निरन्तरता दिइएको उनले बताए । पोखरा जेसीजले आजभन्दा करिब ३० वर्षअघि सन् १९९५ मा पहिलोपल्ट मिस पोखरा गरेको थियो । यसपालि ११ औं संस्करणका मिस पोखरा हुन लागेको हो ।
मिस पोखराले उपाधिसहित ताज, स्कुटर र ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । साथमा आकर्षक गिफ्ट ह्याम्पर दिइने मिस पोखरा संयोजक श्रीकृष्ण सुनारले जानकारी दिए । उनका अनुसार फस्ट रनर अपले ताज र ३० हजार रुपैयाँ, अेकेन्ड रनर अपले ताज र २० हजार रुपैयाँ साथमा आकर्षक गिफ्ट ह्याम्पर हात पार्नेछन् ।
यस्तै, वेष्ट पर्सनालिटी, ट्यालेन्ट, स्माइल, हेयर, क्याटवाल्क, ड्रेस, फोटोजेनिक, भ्यूअर च्वाइस, पपुलारिटी र इन्टेक्ट विधामा टाइटल अवार्डसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने सुनारले बताए । मिस पोखराका लागि खल्ती एपमार्फत भोट गर्न सकिने उनले जानकारी दिए ।
प्रतिस्पर्धीलाई अभिमुखीकरण र परामर्श, आवश्यक तालिम, फोटो सुट, ट्यालेण्ट सो लगायत गतिविधिमा सामेल गराइएको इभेन्ट फर यूका अध्यक्ष विशाल गुरुङले बताए । यो पटक फाइनलमा कार्यक्रम सुरु हुनुभन्दा अघि रेड कार्पेट सो हुनेछ । ‘हामीले शनिबार कार्यक्रम सुरु हुनुअघि रेड कार्पेट गर्नेछौं, जहाँ केही व्याक्तहरुको अन्तर्वार्ता हुनेछ । जसको टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ,’ उनले भने, ‘रेड कार्पेट सकिएको १०-१५ मिनेटमा फाइनल सुरु हुनेछ ।’
१७ प्रतिस्पर्धी युवतीमा रीमाकुमारी थापा, रोजी राना, नेहा चन्द, सिम्रन श्रेष्ठ, सभ्यता श्रेष्ठ, सृष्टि खड्का, आरती कुमारी, सुकृती भण्डारी, सिमरन थापा, प्रतीक्षा रेग्मी, जेशिका बि. घिमिरे, ईशा पराजुली, मनिता परियार, विवेकी पौडेल, समिता उपरकोटी, दिप्ती पराजुली र रेखा गैह्रे रहेको पोखरा जेसीज महासचिव तिलकप्रसाद लामिछानेले बताए ।
पछिल्लो समय सन् २०१८ मा भएको मिस पोखराको उपाधि सारा बजिमयले जितेको थिइन् ।
Related News
सम्बन्धित समाचार
रामघाटमा हरिबोधनी एकादशी रौनक
मनाङे जेल चलान : अपराधको साम्राज्यदेखि राजनीतिमा राज
दीपक मनाङे जेल चलान
रवि लामिछानेलाई रुपन्देही लगियो
सभापति भेट्न हिरासतमा रास्वपा नेताहरु : रविको निर्देशनपछि केन्द्रीय बैठक बस्दै
hero news full width
मुख्य समाचार
रुपन्देहीमा रविको इन्कारी बयान
पिक अप भ्यान दुर्घटनामा ५ जनाको मृत्यु, १ घाइते
कार्तिक २६, २०८१करार कर्मचारी विवादले महानगरमा तनाव : एमाले निरन्तर आन्दोलित, मेयरको ध्यानाकर्षण
कार्तिक २६, २०८१रवि लामिछानेलाई १३ दिन म्याद थप
कार्तिक २६, २०८१मानव तस्करी अभियोगमा कोशीका पूर्व मन्त्री अधिकारी पक्राउ
कार्तिक २५, २०८१कालीगण्डकी करिडोरः म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै
कार्तिक २५, २०८१