नवलपुर । कावासोती नगरपालिका १७, गोछडाटार निवासी सागर लम्साल विदेशको जागिर छाडेर स्वदेशमै एक बिगाहा क्षेत्रफलमा कागती खेती गरेर रमाएका छन् । २ वर्षअघि लम्सालले एक बिगाहामा ३ सयभन्दा बढी सुनकागती खेती गरेकोमा यस वर्षबाट उत्पादन दिन थालेको छ ।
कागती खेती गर्न सजिलो पनि भएको र नगदेबाली समेत भएकोले अन्य खेतीबाट भन्दा राम्रो आम्दानी भएको उनको अनुभव छ । २ वर्षको बीचमा उनले कागती खेतीका लागि करिब १४ लाख रुपैयाँ लगानी गरेका छन् । उनले अर्को वर्षसम्म लगानी उठाउने अनुमान रहेको बताए ।
सुनकागतीको बजार निकै राम्रो रहेकाले बिक्री समस्या पनि नरहेको र अहिले उत्पादिन कागती गाउँघरकै पसलमा बिक्री गरेर सकिने गरेको बताए । पछिल्लो ३÷४ महिनामा उनले १४ क्यून्टलभन्दा बढी कागती बिक्री गरिसकेको जानकारी दिए । उनले भने, ‘मैले दुईपटक मात्रै काठमाडौं पठाएको छु । त्यसयता गाउँघरकै पसलहरुमा माग पु¥याउन धौधौ भएको छ । कावासोतीकै तरकारी मड्डीसम्म पनि पुर्याउन पाएको छैन ।’
लम्सालका अनुसार अहिले सुनकागती गाउँघरमै प्रतिकिलो १ सय ३५ रुपैयाँका दरले बिक्री भइरहेको छ । कागती नगदे र बहुवर्षीय बाली हो । यसबाट २० देखि २५ वर्षसम्म उत्पादन लिन सकिने भएकोले पनि सुरुमा लगानी धेरै भए पनि पछि आम्दानी राम्रो हुने गर्दछ ।
सागरले एक बिगाहामा ३ सयभन्दा बढी सुनकागती खेती गरेकोमा उत्पादन दिन थालेको छ
लम्सालले भने, ‘यो बहुवर्षीय बाली हो । पानी धेरै भए कटाउन मिल्ने खालको खेतबारीमा लगाउँदा उपयुक्त हुन्छ । बहुवर्षीय बाली भएकाले सुरुको २÷३ वर्ष जति लगानी भयो त्यसपछि कम्तीमा २० वर्षसम्म नियमित आम्दानी लिन सकिन्छ ।’
उनले करिब ६ वर्ष नेपाल आर्मीमा जागिर खाए । त्यसपछि करिब १३ वर्ष दुवई बसेर बाउन्सरको जागिर खाएका उनले त्यो छाडेर कागतीखेतीमा लागेका हुन् । दुवईमा उनको राम्रै आम्दानी हुन्थ्यो । तर, विदेशमा बसेर काम गर्नुभन्दा यहाँ घरपरिवारसँग बसेर आफ्नै बारीमा आफ्नै ढंगले काम गर्नुको मज्जा छुट्टै भएको उनले अनुभव सुनाए । उनले भने, ‘सुरु–सुरुमा विदेशबाट आएकोले के काम गर्छ र भनेर सबैले नपत्याउने गरे पनि आफूले एक मनले गरेपछि सफल भइदोरहेछ । विदेशमा भन्दा यहाँ घरपरिवारसँग सुखदुख बाँडेर काम गर्नुको आनन्द बेग्लै हुँदो रहेछ ।’
उनका अनुसार सुनकागती पानी नजम्ने ठाउँमा लगाउनु उपयुक्त हुन्छ । यसका लागि कावासोती र मध्यविन्दुको हावापानी र माटो निकै राम्रो मानिन्छ । सामान्यतया बाली लगाएको दोस्रो वर्षदेखि कागतीले उत्पादन दिन थाल्दछ भने तेस्रो वर्षदेखि पूरा उत्पादन दिने गर्दछ ।
Related News
सम्बन्धित समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
hero news full width
मुख्य समाचार
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१ढल्यो ऐतिहासिक सम्पदा ‘पोखरा गेट’, विकल्पबिनै भत्काइएकोमा विरोध
पौष २९, २०८१पोखरा महानगरपालिका : करार कर्मचारी हटाउन अदालतको अङ्कुश
पौष २९, २०८१