रेडक्रसलाई लुम्बिनी विकासको सहयोग

आदर्श समाज सम्वाददाता
वैशाख १८, २०८१
lbbl

पोखरा । लुम्बिनी विकास बैंक लि.ले रेडक्रस सोसाइटी कास्कीलाई प्रादेशिक रक्तसञ्चार सेवा पोखराको प्रयोगशाला व्यवस्थापनका लागि आवश्यक पर्ने ‘डिजिटल हट एयर ओभन उपकरण’ हस्तान्तरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकका सञ्चालक समिति सदस्य रामचन्द्र सिग्देलले रेडक्रस कास्की सभापति डण्डराज शर्मा पौडेललाई उक्त उपकरण सोमबार हस्तान्तरण गरेका हुन् ।

सञ्चालक सिग्देलले प्रादेशिक रक्तसञ्चार सेवा पोखराको प्रयोगशाला व्यवस्थापनका लागि प्रत्यक्ष सकारात्मक प्रभाव पर्ने हुनाले उक्त उपकर सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । कार्यक्रममा बैंकका पोखरास्थित कार्यालयका शाखा प्रमुखहरु, रेडक्रस कास्की उपसभापतिद्वय धर्मराज अधिकारी र उर्मिला खड्का, कोषाध्यक्ष सन्तोष अधिकारी लगायत विभिन्न पदाधिकारीहरुको उपस्थिति थियो ।

रेडक्रस सभापति पौडेलले बैंकले गरेको सहयोगका लागि धन्यवाद दिँदै भविष्यमा पनि आपसी सहकार्यका लागि अपेक्षा रहेको बताए ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको विभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा छ ।

Related News

सम्बन्धित समाचार

  • रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । लुम्बिनी विकास बैंक लिमिटेडले नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखालाई प्रादेशिक रक्तसञ्चार सेवा पोखराको प्रयोगशाला व्यवस्थापनका लागि आवश्यक…
  • ग्रिनका अध्यक्ष श्रेष्ठको सपथ

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । ग्रिन डेभलपमेन्ट बैंकका नवनियुक्त अध्यक्ष गणेशकुमार श्रेष्ठले सोमबार पद तथा गोपनीयताको सपथ पिलएका छन् । उनले नेपाल राष्ट्र…
  • ग्रीन बैंकको वार्षिक साधारणसभा

    आदर्श समाज सम्वाददाता चैत्र २८, २०८०
    पोखरा । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको दशौं तथा एघारौं संयुक्त वार्षिक साधारणसभा चैत २७ गते सम्पन्न भएको छ । बैंकको…
  • ग्रिन बैंक र फिस्टेलबीच सम्झौता

    आदर्श समाज सम्वाददाता चैत्र २४, २०८०
    पोखरा । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीका लागि फिस्टेल हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिसँग विभिन्न स्वास्थ्य…
  • गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा माधवप्रसाद उपाध्याय

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा ।  गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी पदमा माधवप्रसाद उपाध्यायलाई नियुक्त गरिएको छ । बुधवार बसेको सञ्चालक समितिको ३०४…

hero news full width