पोखरा । १२ कक्षा को प्रश्न पत्र आउट गरेको आरोपमा पक्राउ परेका ३ जनालाई कास्की जिल्ला अदालतले छोड्न आदेश दिएको छ । अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले बुधबार ३ मध्ये दुई जनासँग धरौटी माग र एक जनालाई साधारण तारिखमा छाड्न आदेश गरेको हो ।
प्रश्नपत्र आउने गरेको आरोपमा पोखरा ११ फूलबारी बस्ने ३९ वर्षे नारायण बास्तोला र सोही ठाउँका ३७ वर्षेय रामचन्द्र बास्तोला वैशाख १७ गते पक्राउ परेका थिए । जिल्ला अदालतले उनीहरुसँग १०÷१० हजार धरौटी माग गरेको छ । पछि पक्राउ परेका पुजन बास्तोलालाई भने साधारण तारिखमा छाड्न आदेश दिएको छ । पूजनलाई प्रहरीले केही दिनअघि मात्र पक्राउ गरेको थियो । दुवै शिक्षक फूलबारीकै शिवशक्ति माध्यमिक विद्यालयमा अध्यापनरत छन् ।
वैशाख १६ गते आइतबार बिहान शिवशक्ति माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र विद्युतीय माध्यमबाट आउट गरेको आरोपमा उनीहरु पक्राउ परेका थिए । विद्यालयमा सञ्चालन भइरहेको प्रश्न पत्र परीक्षा अगावै आउट गरेको सूचना पाएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
Related News
सम्बन्धित समाचार
रविविरुद्ध चितवनमा पनि जाहेरी
दुर्गा प्रसाईंलाई ५ दिन थुनामै राख्न अनुमति
प्रसाईंलाई ३ कसूरमा अनुसन्धान तयारी
लामिछानेलाई १३ दिन म्याद थप
सहकारी ठगीमा थप एक पक्राउ
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१