पोखरा । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले २०८४ सालको निर्वाचनमा एमालेलाई एकल बहुमत सहितको राष्ट्रिय पार्टी बनाउने अभियानमा निरन्तर लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । पार्टीमा संगठीत रहेका नेता तथा कार्यकर्ताले प्रभावकारी काम गर्न सकेको खण्डमा एमालेलाई एकल बहुमत सहितको राष्ट्रिय पार्टी बन्नबाट कसैले रोक्न नसक्ने उहाँको दावी छ ।
‘हरेक संगठनका मानिस लोकप्रिय हुनुप¥यो, जनताको सुख दुःखमा साथ दिने हुनुप¥यो, ठालु आडम्बरी हुनु भएन अनि बल्ल निर्णायक राष्ट्रिय शक्ति बन्छौ, टपर्टुय्याँ तालले हुँदैन, काम चोर गरेर हुँदैन’ उहाँले भन्नुभयो ।
नेकपा (एमाले) पर्वतको जिल्ला कमिटीको दोस्रो बैठकलाई बिहीबार कुस्मामा सम्बोधन गर्दै उहाँले पार्टी अध्यक्ष केपी ओलीकै निरन्तरको प्रयासका कारण अहिलेको समीकरण बनेको बताउनुभयो ।
‘केपी ओलीकै कारण अहिलेको समीकरण बनेको हो, पुरानो गठबन्धन तोड्नु ठुलो कुरा हो, यो टिक्छ टिक्दैनसँग त्यती सरोकार छैन, तर विश्वास छ यो समीकरण निरन्तर अगाडि बढ्छ’उहाँले भन्नुभयो ।
राष्ट्रिय स्वाधिनताको लडाई लड्नुपर्ने भएकोलेसत्ता समीकरण आगामी निर्वाचन पछाडिसम्म जाने उहाँले खुलाउनुभयो ।
एमालेको प्रतिष्पर्धा कांग्रेससँगनै रहेको दोहो¥याउदै एमालेको एक्लै बहुमत आउँदापनि राष्ट्रिय स्वाधीनताको लडाइ लड्नुपर्ने भएकोले मिलेर सरकार सञ्चालन गर्ने बताउनुभयो ।
‘हामीले एकल बहुमत ल्याएपनि हाम्रो मात्र सरकार बनाउँदैनौ, राष्ट्रिय स्वाधीनताको लडाइ लड्नु छ’ उहाँले थप्नुभयो ।
समाजवादको आधार निर्माण गर्न राष्ट्रिय पुँजी आवश्यक पर्ने भएकोल पुँजी निर्माणमा ध्यान दिनुपर्ने उहाँले खुलाउनुभयो । त्यसको लागि औद्योगीकरण गर्दै रोजगारी सिर्जना गर्नुपर्नेमा उहाँको जोड थियो । पार्टीको केन्द्रीय निर्देशन र जिल्ला कमिटीले तयार पारेको योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न उहाँले आग्रह गर्नुभयो ।
Related News
सम्बन्धित समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
शिक्षामन्त्री कोटिहोममा
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
नेपाललाई चीनको ९ अर्ब अनुदान
कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
hero news full width
मुख्य समाचार
देशभरका कानून व्यवसायी पोखरामा
प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
मंसिर २३, २०८१अपहरण शैलीमा ल्याइएको रविको गुनासो
मंसिर २३, २०८१पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१