बुद्ध जयन्तीको अवसरमा धार्मिक प्रवचन हुने

आदर्श समाज सम्वाददाता
जेठ ३, २०८१
buddha jayanti pgm

पोखरा । बुद्ध जयन्ती एवं सागा दावा तिथिको अवसरमा धार्मिक प्रवचन कार्यक्रम हुने भएको छ । बैदाम तामाङ सेवा समाजको आयोजनमा जेठ ५ गते शनिबार धार्मिक प्रवचन कार्यक्रम हुन लागेको हो ।

पेमा धेछेनलिङ गुम्बा लेकसाइड खहरेमा हुने प्रवचनमा गुरुङ लामा सघं नेपालका अध्यक्ष धर्म गुरु खेन्पो शिर लामा र पञ्चासे बिहारको संस्थापक लामा मिन गुरुङबाट बुद्ध जीवनी र प्रज्ञा पारमिताको विषयमा धर्मदेशना प्रवचन हुने बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए । पूजा कार्यक्रम तथा बत्ती बाल्ने बिहान ६ बजेबाटै हुनेछ । कार्यक्रमको औपचारिक सुरुवात भने बिहान सवा ७ बजे हुने तामाङले जानकारी दिएका छन् ।

बुद्ध जयन्ती मूल समारोह समिति कास्कीको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत बैदाम तामाङ सेवा समाजले धार्मिक प्रवचन कार्यक्रम आयोजना गर्न लागेको हो । शनिवार हुने पवित्र धार्मिक कार्यक्रममा विशेष गरी बुद्धको ज्ञान, प्रवचन, श्रवण गर्न र प्रसाद ग्रहण गरी धर्मको लाभ लिनका निमित्त सम्पूर्ण बुद्ध धर्मावलम्बीहरुलाई उपस्थितिको आयोजकले आह्वान गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width