केदारेश्वर सेवाश्रममा फेरि चिद्घन चैतन्य

आदर्श समाज सम्वाददाता
असार ९, २०८१
oplus_2

oplus_2

पोखरा । केदारेश्वर महादेव मणि सेवाश्रम समितिको १९ औं साधारणसभा तथा १० औं अधिवेशनले पीठाधीश चिद्घन चैतन्य महाराजको अध्यक्षतामा १५ सदस्यीय समिति चयन समेत गरेको छ । शनिबार भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा मीना भट्टराई, उपाध्यक्षमा तुमला श्रेष्ठ, सचिव ओमनाथ अधिकारी, सहसचिव मातृकाराज घिमिरे, कोषाध्यक्ष रामप्रसाद बस्ताकोटी, सहकोषाध्यक्ष सुशीला अधिकारीलाई चयन गरेको छ । सदस्यमा तारादेवी कुँवर, ईश्वरी पराजुली, बामदेव बस्ताकोटी, पद्मा आचार्य, सूर्यप्रसाद भण्डारी, सुशीला भट्टराई, सरोज अधिकारी र तारा आचार्य चयन भए ।

कार्यक्रमको उद्घाटन गर्दै महामण्डलेश्वर अनन्तश्री विभुषित गलेश्वर आश्रमका पीठाधीश स्वामी आत्मानन्द गिरीजी महाराजले मानवको पूर्णता शिक्षामा मात्र नभएर धर्म र सस्कार सहितको शिक्षामा रहेको बताए । निरक्षर आमाबुवाले धर्म संस्कार र संस्कृति धान्दै आएको स्मरण गराउँदै अहिलेका शिक्षित व्यक्तिहरु लोभलालचमा फस्दै गएर धर्म संस्कार संस्कृति हराउँदै गएको उनको भनाइ थियो । गण्डकी प्रदेश सभा सदस्य विन्दु पौडेलले राप्रपाले हिन्दु राष्ट्रको मुद्दा बोकेर हिडेको भन्दै देशभरका मठमन्दिरका लागि बजेट विनियोजनको पहल भइरहेको बताइन् । पोखरा महानगरपालिकाका वडा नम्वर ६ का वडा अध्यक्ष विष्णुबहादुर भट्टराईले मन्दिरको विकासका लागि आफ्ले सक्दो पहल गरेको बताए ।

रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारीले विभिन्न धार्मिक संघसंस्थामा भावी पुस्तालाई पनि लिएर आउनुपर्नेमा जोड दिँदै धर्म संस्कार र संस्कृतिले अनुशासिन जीवन जिउन सहज हुने बताइन् । केदारेश्वर महादेवमणि सेवा आश्रमका पिठाधीश चिद्घन चैतन्य महाराजको अध्यक्षतामा भएको कार्यक्रममा तालबाराही आरती सेवा समितिका पूर्व अध्यक्ष गिरिराज अधिकारी, मुलथोक टोल विकास संस्थाका अध्यक्ष सरोज अधिकारी, मितेरी नारी समूहका अध्यक्ष सिता भट्टराई, आजीवन सदस्य वद्री थापा, हिरु पुन लगायतले बोलेका थिए । संस्थाका वरिष्ठ उपाध्यक्ष दयानन्द पोख्ररेल (शंकर) ले स्वागत गरेको कार्यक्रम सञ्चालन सचिव खिमबहादुर पहारी र सहसचिव मातृकाराज घिमिरेले गरेका थिए ।

कार्यक्रममा सचिव खिमबहादुर पहारीले सचिवको प्रतिवेदन र कोषाध्यक्ष रामप्रसाद बस्ताकोटीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरे । समितिद्वारा सञ्चालित गुरुकुलमा ८० जना बटुक अध्ययनरत छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग