पोखरामा तायाःमचा प्रतियोगिताको तयारी

आदर्श समाज सम्वाददाता
असार २२, २०८१
Tayamacha Photo

पोखरा । नेवाः खल कास्कीको आह्वानमा तायाःमचा नृत्य प्रतियोगिताको तयारी सुरु गरिएको छ । शनिबरा नयाँबजारमा सचिवालय उद्घाटन गरी प्रतियोगिताको तयारी थालिएको हो ।

आगामी ८ भदौमा हुने प्रतियोगिता यो वर्ष पोखरा नयाँबजार सांस्कृतिक समितिको आयोजनामा हुने पत्रकार सम्मेलनमा जनाइयो । हरेक वर्ष पोखरामा फरकरफरक स्थानमा हुँदै आएको तायाःमचा नृत्य प्रतियोगिता यस वर्ष पोखरा महानगरपालिका ९ नयाँबजारमा हुने समिति अध्यक्ष योगेन्द्रमान बाटाजुले बताए । तायाःमचा नृत्य प्रतियोगिता सचिवालयको वडा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले उद्घाटन गरेका हुन् ।

प्रतियोगिता नेवाः मिसा पुच नयाँबजार, नेवा ल्याम्ह पुचः नयाँ बजार र नेवाः कल्याणकारी गुठी नयाँबजारको सहकार्यमा हुने समितिका अध्यक्ष बाटाजुले बताए । तायाःमचा नृत्यको संरक्षण, संवद्र्धन र प्रद्र्धधन गर्ने उद्देश्यले प्रतियोगिता हरेक वर्ष आयोजना गरिएको उनले सुनाए ।

प्रतियोगितामा महिला पुरुष गरी करिब ३६ टिमले भाग लिने अनमान गरिएको प्रतियोगिता संयोजक शम्भुलाल श्रेष्ठले बताए । पुरुषतर्फ पहिलो हुनेले ३ लाख, दोस्रो हुनेले २ लाख र तेस्रो हुनेले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । महिलातर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार ५० हजार, ३० हजार र २० हजार रुपैयाँ रहेको छ ।

तयाः मचा नाय नेवार समुदायको मात्र नभइ पोखरेलीको पहिचानसँग जोडिएको संयोजक श्रेष्ठले बताए ।

वडाध्यक्ष मर्सानीले प्रतियोगितालाई वडाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाउँदै सफलताको शुभकामना दिए । नेवाः खल कास्की अध्यक्ष अशोक पालिखेले प्रतियोगिताले तायाःमचा संस्कृति जीवन्त राख्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । मौलिक संस्कृति संरक्षण र प्रवद्र्धन गर्न नेवार समुदाय मात्र नभइ, पोखरेली, स्थानीय र सरकारको सहयोगको आवश्यकता रहेको उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग