पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । मंगलबार प्रभातफेरीसहित पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको हो ।
स्वास्थ्य महाशाखा प्रमुख हेमप्रसाद आचार्यले वडाबाट नै पूर्ण खोपको सुनिश्चितता र दिगोपनाको घोषणा हुनुले राज्यका सबै सम्बन्धित निकायहरुलाई झक्झकाउने बताउँदै अन्य वडाहरु र पूरै देशमा यो सन्देश पुग्ने विश्वास व्यक्त गरेका थिए ।
पोखरा ७ का वडा अध्यक्ष राममोहन आचार्यले चालु आव भित्रको १० महिनाको अवधिमा १६ देखि ५९ महिनाका सबै बालबालिकाहरुले १३ प्रकारका खोपका मात्रा पूर्ण रुपले लगाएको बताए । साथै उनले जनचेतना फैलियो भनेर पञ्चे बाजा, भजन टोली सहितको प्रभातफेरीको कार्यक्रम पनि गरिएको बताए ।
घोषणा कार्यक्रम अगाडि वडाको आयोजनामा महिला स्वास्थ्य स्वयमसेवीहरु, जनप्रतिनिधिहरु, आमा समूह, टोलविकास संस्था, युवा क्लब लगायत वडामा सक्रिय संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
Related News
सम्बन्धित समाचार
देशभरका कानून व्यवसायी पोखरामा
देशभरका कान्छा न्यायाधीशले कसरी पढे ? सुनाए अनुभव
प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
आँगन सहकारीको पाँचौं साधारणसभा
निःशुल्क स्वास्थ्य शिविर
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१