युवा संघद्वारा खाद्य सहयोग

आदर्श समाज सम्वाददाता
जेठ ३, २०८१
help

पोखरा  । स्थापना दिवसको अवसर पारी राष्ट्रिय युवा संघ नेपाल अन्नपूर्ण गाउँपालिकाले हेमजास्थित मानव सेवा आश्रममा खाद्य सामग्री सहयोग गरेको छ ।

त्यस अवसरमा अन्नपूर्ण गाउँपालिका अध्यक्ष समेत रहेका नेकपा (एमाले) गण्डकी प्रदेश सदस्य विष्णुबहादुर केसीले संघले मानवीय सेवा जस्तो पवित्र तथा परोपकारी कार्य गरेकोमा खुसी व्यक्त गरे ।

उनले आगामी दिनमा पनि यस्तै सिर्जनशील कार्यलाई संघले निरन्तरता दिनुपर्ने बताए । युवा संघ नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष माधव बास्तोलाले युवा संघले सदैव सामाजिक रुपान्तरणको आन्दोलनको अगुवाइ गर्दै आइरहेको दाबी गर्दै अबका दिनमा यस्तै सामाजिक कार्यहरु सँग जोडिन आवश्यक रहेको जनाए ।

त्यस अवसरमा युवा संघ कास्की अध्यक्ष पानबहादुर जिसी, नेकपा एमाले गण्डकी सदस्य भरतमान गुरुङ, नेताहरु बिष्णुबहादुर खत्री, हरि लम्साल, सरस्वती पुरी, नमराज केसी, विष्णु भुगाईं, नेत्रप्रसाद सुवेदी, कर्णसिंह गुरुङ, कमला केसी, दिलमाया सुनार, हरिमाया देवकोटा दाहाल, कविता लामगादे, मञ्जु जिसी, महेश्वर पौडेल, अमर केसी लगायत सहयोगमा सहजीकरण गरे ।

कार्यक्रमका बीच २५ हजार रुपैयाँ बराबरका चिउरा, भुजा, बिस्कुट, दालमोठ लगायतका खाद्य सामग्री प्रदान गरिएको हो । युवा संघ अन्नपूर्ण अध्यक्ष शिवहरी सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रम युवा संघका नेता भुपाल घर्तीले सञ्चालन गरे ।

Related News

सम्बन्धित समाचार

  • अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम

    आदर्श समाज सम्वाददाता असार १, २०८१
    पोखरा । अनुपम म्यूजिक पोखराले २०२ औं शृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ । शनिबार पोखरामा आयोजित समापन…
  • शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८१
    पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण…
  • प्रहरी प्रवक्तामा डिआइजी कार्की

    आदर्श समाज सम्वाददाता जेठ २१, २०८१
    पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा…
  • रिमाल समाज गण्डकीमा गोकुल

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा । रिमाल समाज गण्डकीको अध्यक्षमा गोकुल रिमाल निर्वाचित भएका छन् । पोखरामा भएको दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले…
  • अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार…

hero news full width