शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

आदर्श समाज सम्वाददाता
जेठ २३, २०८१
sishukalyan

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो ।

विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७ का वडा सदस्य विष्णुकुमारी थापा भुजेलले समाजसेवामा अग्रणी डेभिडफल क्लब र गुणस्तरीय शिक्षामा समर्पित शिशु कल्याण रचनात्मक कार्यमा एकजुट हुनु खुसीको कुरा भएको बताइन्।

कक्षा ५ का विद्यार्थी आयाम पौडेलले कविता वाचन गरेका थिए भने बेलघारी टोल विकास संस्थाका सागर गिरी, नारी उत्थान दिदि बहिनी समुहकी शारदा सुवेदी, शीतल चौतारी टोल विकास संस्थाका कृष्ण पोखरेल, डेभिजफल टोल विकास संस्थाका भीमबहादुर क्षेत्री, शीतल चौतारी टोल विकास संस्थाका अनन्तराज लम्सालले बोलेका थिए ।

सो अवसरमा शीतल चौतारी, सिमलटुँडा, बेलघारी र सिद्धार्थ राजमार्ग क्षेत्रमा सरसफाइ गरिएको प्राचार्य ईश्वरीप्रसाद शर्माले बताए । डेभिडफल क्लब अध्यक्ष विनम गुरुङले धन्यवाद ज्ञापन गरे । कार्यक्रमसञ्चालन शिक्षक भरतराज पौडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width