अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम

आदर्श समाज सम्वाददाता
असार १, २०८१
Anupam

पोखरा । अनुपम म्यूजिक पोखराले २०२ औं शृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ ।

शनिबार पोखरामा आयोजित समापन समारोहमा पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले सहभागीलाई प्रमाणपत्र वितरण गरे । जीवनको अनिवार्य सिपका रूपमा भाषणकलाको चर्चा गर्दै उनले यस्तो सिप सबै वर्ग र क्षेत्रका मानिसले सिक्नुपर्नेमा जोड दिए ।

अनुपम म्यूजिकले २० वर्षदेखि सञ्चालन गर्दै आएको तालिमबाट उच्च पदस्थ नेतासम्म लाभान्वित भएको भन्दै पराजुलीले यो अभियानको प्रशंसा गरे ।

अनुपम म्यूजिकका संरक्षक वीरेन्द्र पालिखेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका बन्ध निर्देशक अनुराग अधिकारीले अनुपम म्यूजिकबाट हालसम्म १० हजारभन्दा बढी व्यक्तिले तालिम लिइसकेको बताए । उनले अनुपममा एक पटक पैसा तिरेर तालिम लिएपछि जति पटक पनि निशुल्क तालिम लिन सकिने बताए ।

कार्यक्रममा गुरुङ चलचित्रका महानायक ताराबहादुर गुरुङ, ¥यान्डम रिडर्स सोसाइटी अध्यक्ष रुपिन्द्र प्रभावी, समाजसेवी राजकुमार घिमिरे, प्रशिक्षार्थी अनुपमा अधिकारी, मिलन बराल, अर्नभ तुलाचन, ओजस्वी गौतमलगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन प्रशिक्षार्थीद्वय श्रेया अधिकारी र एलिसा थापाले गरेका थिए । सो अवसरमा गायिका कृषिका घिमिरेले गायन प्रस्तुत गरेकी थिइन् । तालिममा अनुराग अधिकारी, रुपिन्द्र प्रभावीलगायतले प्रशिक्षण दिएका थिए ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग