ग्रिनका अध्यक्ष श्रेष्ठको सपथ

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०८१
green

पोखरा । ग्रिन डेभलपमेन्ट बैंकका नवनियुक्त अध्यक्ष गणेशकुमार श्रेष्ठले सोमबार पद तथा गोपनीयताको सपथ पिलएका छन् ।

उनले नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक बिना ढकाल पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् । उनी २७ चैतमा बैंकको दशौं तथा एघारौं संयुक्त साधारण सभाबाट संस्थापक शेयरधनीतर्फबाट अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए ।

बैंकलाई अहिलेको अवस्थासम्म पुर्‍याउन नेपाल राष्ट्र बैंकले पुर्‍याएको सहयोगको विशेष स्मरण गर्दै उनले बैंकिङ क्षेत्र थप बिस्तार गर्न भविष्यमा पनि यस किसिमको सहयोग आवश्यक रहने बताए । उनले नेपाली बैंकहरुले बदलिँदो विश्व परिस्थितिअनुसार आफूलाई प्रविधिमैत्री बनाउन आवश्यक हुने बताउँदै आफ्नो कार्यकालमा ग्रीनलाई थप सबल र उत्कृष्ट बनाउन पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

  • रेडक्रसलाई लुम्बिनी विकासको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । लुम्बिनी विकास बैंक लि.ले रेडक्रस सोसाइटी कास्कीलाई प्रादेशिक रक्तसञ्चार सेवा पोखराको प्रयोगशाला व्यवस्थापनका लागि आवश्यक पर्ने ‘डिजिटल हट…
  • रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । लुम्बिनी विकास बैंक लिमिटेडले नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखालाई प्रादेशिक रक्तसञ्चार सेवा पोखराको प्रयोगशाला व्यवस्थापनका लागि आवश्यक…
  • ग्रीन बैंकको वार्षिक साधारणसभा

    आदर्श समाज सम्वाददाता चैत्र २८, २०८०
    पोखरा । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको दशौं तथा एघारौं संयुक्त वार्षिक साधारणसभा चैत २७ गते सम्पन्न भएको छ । बैंकको…
  • ग्रिन बैंक र फिस्टेलबीच सम्झौता

    आदर्श समाज सम्वाददाता चैत्र २४, २०८०
    पोखरा । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीका लागि फिस्टेल हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिसँग विभिन्न स्वास्थ्य…
  • गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा माधवप्रसाद उपाध्याय

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा ।  गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी पदमा माधवप्रसाद उपाध्यायलाई नियुक्त गरिएको छ । बुधवार बसेको सञ्चालक समितिको ३०४…

hero news full width