रानाभाट/भाटलाई छुट्टै जातिमा सूचीकृत गरिने

आदर्श समाज सम्वाददाता
वैशाख २१, २०८१
ranabhat

पोखरा । रानाभाट तथा भाट जातिमा रहेकोे अन्योल छिट्टै अन्त्य हुने भएको छ । रानाभाट तथा भाट जातिलाई छुट्टै जातिमा सूचीकृत गर्ने कार्य अन्तिम अवस्थामा पुगेको बताइएको छ ।

बुधबार पोखरामा आयोजित एक कार्यक्रममा रानाभाट तथा भाट समाज नेपालका केन्द्रीय उपाध्यक्ष श्रीबहादुर रानाभाटले रानाभाट तथा भाट जाति सूचीकृतको अन्तिम अवस्थामा पुगेको छ । समाजको १० वर्षदेखिको मेहनतको फल प्राप्त हुन लागेको उनले बताए ।

रानाभाट तथा भाट समुदायले सूचीकृत नहुँदा ब्राह्मण र क्षत्रीभित्र आफूलाई राख्दै आएका थिए । आफ्नो छुट्टै भेषभूषा र भाषा भएका विभिन्न थर र गोत्र भएका रानाभाट तथा भाट समुदायलाई छुट्टै जातिमा समावेश गर्नुपर्ने धारण राख्दै आएका समाजका बुद्धिजीवीले समाजको अभियानले सार्थक पाउनेमा आशावादी रहेको बताए ।

स्वतन्त्र पत्रकार संघ कास्की अध्यक्ष कृष्ण बहादुर रानाभाटले पुनर्जागरण बेलाको समाजका गतिविधिबारे बताउँदै रानाभाट तथा भाटको आफ्नै मौलिक भाषा रहेको अध्ययनबाट तथ्य फेला परेको बताएकाले अब आफ्नो भाषाको संरक्षण र प्रवद्र्धनमा सबै लाग्नुपर्ने आवश्यकता औंल्याए ।

सो अबसरमा केन्द्रीय सदस्य महेन्द्र रानाभाट, कृष्णबहादुर रानाभाट, प्रवासी नेपाली समाजका पूर्व अध्यक्ष राम रानाभाट, तनहुँ जिल्ला अध्यक्ष बेलबहादुर रानाभाट, कास्की जिल्ला संस्थापक अध्यक्ष तथा पवित्र सहकारीका अध्यक्ष बुद्धिबहादुर रानाभाटलगायतले बोलेका थिए । प्रदेश समिति अध्यक्ष सुरज रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्षद्वय मीना रानाभाटले स्वागत र प्रेम रानाभाटले धन्यवाद एवं सचिव शिवबहादुर रानाभाटले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार रामप्रसाद तिमिल्सिनालाई मातृशोक

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    लेखनाथ । नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष एवं प्रेस सेन्टरका केन्द्रीय सदस्य रामप्रसाद तिमिल्सिनालाई मातृशोक परेको छ । पत्रकार तिमिल्सिनाकी…
  • विपद् व्यवस्थापनबारे अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा १० उपशाखाको आयोजनामा विपद् व्यवस्थापनसम्बन्धी अभिमुखीकरण गरिएको छ । अभिमुखीकरणमा वडाका टोल विकास संस्था,…
  • राम्जा पोखरा समाजमा धनेश्वरी

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । राम्जा पोखरा सम्पर्क समाजको अध्यक्षमा धनेश्वरी पराजुली निर्वाचित भएकी छन् । शनिबार पोखरामा भएको नवौं साधारण सभा तथा…
  • लक्ष्मीनारायण टोल विकासको सभा

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । लक्ष्मीनारायण टोल विकास संस्था, पोखरा १३ आर्वाको साधारण सभा शनिबार सम्पन्न भएको छ । पोखरा १३ का अध्यक्ष…
  • दानबहादुरसहित  ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    काठमाडौं । नेपाल प्रहरीका ४ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह…

hero news full width