राम्जा पोखरा समाजमा धनेश्वरी

आदर्श समाज सम्वाददाता
जेठ ६, २०८१
ramja pokhara

पोखरा । राम्जा पोखरा सम्पर्क समाजको अध्यक्षमा धनेश्वरी पराजुली निर्वाचित भएकी छन् । शनिबार पोखरामा भएको नवौं साधारण सभा तथा पाँचौ अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा डम्बरबहादुर क्षेत्री, उपाध्यक्षमा राजेन्द्र तिमिल्सिना, सचिवमा तोयानाथ तिमिल्सिना, सहसचिवमा अर्जुन पौडेल, कोषाध्यक्षमा सूर्यप्रसाद पौडेल र सहकोषाध्यक्षमा डम्बरबहादुर केसी निर्वाचित गरेको छ ।

सदस्यमा गुमादेवी शर्मा, अनिरुद्र पौडेल, मनहरि चालिसे, पवित्रा शर्मा पौडेल, हिमाल तिमिल्सिना, लक्ष्मी पौडेल लामिछाने, सावित्री गौतम र मिना तिमिल्सिना निर्विरोध निर्वाचित भए । दलित र जनजातितर्फ छुट्टाइएको सदस्य पदमा भने कसैको पनि उम्मेद्वारी नपरेकोले उक्त पद रिक्त रहेको निर्वाचन मण्डलका संयोजक नगेन्द्रराज पौडेलले बताएका छन् । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र प्रदान गर्नुका साथै निर्वाचन संयोजक पौडेलले शपथ खुवाएका थिए ।

समाजका अध्यक्ष मिना केसीको अध्यक्षतामा सम्पन्न साधरण सभामा प्रमुख अतिथि हरिप्रसाद भट्टराई, विशेष अतिथि पूर्व सांसद कृष्णप्रसाद भट्टराई, प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिमिल्सिनासमेतले समाजका गतिविधिको चर्चा गर्दै अधिवेशनको सफलतको कामना गरेका थिए ।

पर्वतको राम्जा देउराली, राम्जा चित्रे, राम्जा पकुवा र राम्जा तिलाहारबाट पोखरामा आई विभिन्न पेसा तथा व्यवसाय गरी बस्नेहरुको साझा थलो उक्त समाज हो । समाजमा हाल २ सय ६८ आजीवन सदस्य क्रियाशील छन् ।

Related News

सम्बन्धित समाचार

  • अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम

    आदर्श समाज सम्वाददाता असार १, २०८१
    पोखरा । अनुपम म्यूजिक पोखराले २०२ औं शृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ । शनिबार पोखरामा आयोजित समापन…
  • शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८१
    पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण…
  • प्रहरी प्रवक्तामा डिआइजी कार्की

    आदर्श समाज सम्वाददाता जेठ २१, २०८१
    पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा…
  • रिमाल समाज गण्डकीमा गोकुल

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा । रिमाल समाज गण्डकीको अध्यक्षमा गोकुल रिमाल निर्वाचित भएका छन् । पोखरामा भएको दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले…
  • अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार…

hero news full width