राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप   

आदर्श समाज सम्वाददाता
जेठ ८, २०८१
national-sports-council.nepalniti

काठमाडौ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मिसन–२०२६ अन्तर्गत दोस्रो चरणमा राष्ट्रिय टोली तयारीको विशेष प्रशिक्षणका लागि पाँच खेल थप गरेको छ । यसअघि पहिलो चरणमा पनि पाँच खेल समावेश गरिएका थिए ।

मिसन–२०२६ अन्तर्गत पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकका लागि आज यहाँ आयोजित उत्प्रेरणा कार्यक्रममा राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले थप गरिएका खेलमा महिला कबड्डी, महिला भलिबल, भारोत्तोलन, कुस्ती र एथलेटिक्स रहेको जानकारी दिए । दोस्रो चरणमा ५२ खेलाडी र १० प्रशिक्षकलाई समावेश गरिएको छ ।

कबड्डी र भलिबलमा १२–१२, भारोत्तोलन र कुस्तीमा पाँच–पाँच तथा एथलेटिक्समा चार–चार पुरुष र महिला खेलाडीलाई समावेश गरिएको छ । पहिलो चरणमा कराते, तेक्वान्दो, उसु, जुडो र बक्सिङका ५० खेलाडी तथा १० प्रशिक्षक हाल तयारी प्रशिक्षणमा छन् । जापानमा हुने २०औँ एसियाली खेलकुदलाई केन्द्रमा राखेर तथा त्यस अगाडि हुने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेत दृष्टिगत गरी राखेपले २०८० माघ १५ गतेदेखि मिसन–२०२६ अन्तर्गत पहिलो चरणमा पाँच खेल समावेश गरी राष्ट्रिय टोली तयारीको विशेष प्रशिक्षण थालेको थियो ।

गत वर्ष चीनमा सम्पन्न १९औँ एसियाली खेलकुदलगत्तै राखेपले २०औँ संस्करणका लागि तयारी सुरु गरेको हो । सदस्य–सचिव घिसिङले छोटो तयारीको भरमा खेलाडीबाट ठूलो उपलब्धिको अपेक्षा गर्नु जायज नहुने भएकाले १९औँ एसियाली खेलकुदलगत्तै राष्ट्रिय टोलीको तयारीको विशेष प्रशिक्षण आरम्भ गरिएको बताए ।

नेपाली चलचित्रका नायक राजेश हमालको उपस्थितिमा भएको उक्त उत्प्रेरणा कार्यक्रममा सदस्य–सचिव घिसिङले एसियाली खेलकुदमा लक्ष्य पूरा गर्न नायकहरु खोजिरहेको बताए । खेलाडीमध्येबाट नै खेलकुदको नायक पाउने उनले विश्वास व्यक्त गरे ।

उत्प्रेरणा कार्यक्रममा नायक हमालले विगतको कमीकजोरीबाट पाठ सिकेर तयारीलाई अझ परिस्कृत गर्नुपर्ने उल्लेख गर्दै खेलाडीले जस्तोसुकै चुनौती पनि पार गर्न सक्छु भन्ने आत्मविश्वास पैदा गर्न सक्नुपर्ने धारणा राखे ।

राष्ट्रिय टोली तयारीका निर्देशक दीपक विष्टले विगतमा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि हुने छोटो अवधिको तयारीको अन्त्य गर्दै विगतको भन्दा राम्रो उपलब्धि हासिल गर्न सदस्य–सचिव घिसिङले चालेको कदमको प्रशंसा गर्दै एसियाली खेलकुदमा आफूले जित्न नसकेको स्वर्ण अहिलेको विशेष प्रशिक्षणमा रहेका खेलाडीले जित्ने विश्वास व्यक्त गरे ।

उत्प्रेरणा कार्यक्रममा पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई खेल सामग्री प्रदान गरिएको थियो । सो अवसरमा डा ज्ञानेन्द्र शाहले खेलाडी र प्रशिक्षकलाई डोपिङसम्बन्धी जानकारी गराएका थिए ।  रासस

Related News

सम्बन्धित समाचार

  • न्यू मोडलको फुटसल सुरु

    आदर्श समाज सम्वाददाता असार ७, २०८१
    पोखरा । न्यू मोडल सेकेण्डरी स्कुल, नागढुंगा आयोजनामा एसइई दिएर बसेका विद्यार्थी लक्षित फुटसल सञ्चालन गरिएको छ । प्रतियोगिता उद्घाटन…
  • गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटको उपाधि स्याङजाले जित्यो

    आदर्श समाज सम्वाददाता असार ७, २०८१
    पोखरा  । घरेलु टोली कास्कीलाई ६ विकेटले पराजित गर्दै गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटको उपाधि स्याङजाले जितेको छ । पोखरा…
  • हक्की प्रतियोगिता हुँदै

    आदर्श समाज सम्वाददाता असार ७, २०८१
    पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश हक्की संघ व्यवस्थापनमा शुक्रबारदेखि प्रदेशस्तरीय अन्तरजिल्ला हक्की प्रतियोगिता हुँदैछ ।…
  • कास्की जुडोमा छन्त्याल

    आदर्श समाज सम्वाददाता असार ७, २०८१
    पोखरा । कास्की जिल्ला जुडो संघ अध्यक्षमा पद्म छन्त्याल निर्वाचित भएका छन् । संघको प्रथम अधिवेशनले छन्त्याललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित…
  • भेट्रान कप फुटसल जारी

    आदर्श समाज सम्वाददाता असार ७, २०८१
    लमजुङ । प्रथम भेट्रान फुटसल लमजुङ कपमा दोस्रो चरणअन्तर्गत बुधबार ३ खेल भए । बेसीसहरस्थित सहजी खेल मैदानमा सञ्चालित दोस्रो…

hero news full width