पोखरा रोयल सहकारीको २३औं स्थापना दिवस

आदर्श समाज सम्वाददाता
जेठ ८, २०८१
Royal-Coop1

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले आज २३औं स्थापना दिवस मनाउँदैछ । सहकारी स्थापना दिवसको अवसरमा सहकारीले सम्पूर्ण सेयर सदस्य, कर्मचारी लगायत सम्पूर्णमा हार्दिक आभार तथा कृतज्ञता ज्ञापन गरेको छ ।

पोखराको बुद्धचोकमा प्रधान कार्यालय रहेको सहकारीको वैशाख मसान्तसम्मको वित्तीय विवरण अनुसार १९ करोड ९६ लाख रुपैयाँ सयर पुँजी रहेको छ । जगेडा कोषमा १८ करोड ५२ लाख रुपैयाँ, कूल बचत १ अर्ब ८६ करोड रुपैयाँ, कूल संस्थागत पुँजी १८ करोड ७० लाख रुपैयाँ छ । विभिन्न कोषहरुको जम्मा रकम १२ करोड ४५ लाख रुपैयाँ, लगानीमा रहिरहेको ऋण १ अर्ब ६७ करोड रुपैयाँ रहेको छ ।

तरलता रकम ६९ करोड ११ लाख रुपैयाँ ९३७‍‍.१३ प्रतिशत छ । सहकारीमा ऋणी सदस्य १ हजार ३ सय ६१ जना छन् भने सेयर सदस्य ९ हजार ३ सय १६ छन् । सहकारीको कूल सम्पत्ति २ अर्ब ४९ करोड ५१ लाख रुपैयाँ छ ।

सहकारीको अध्यक्ष रुद्रकुमारी गुरुङ मैना छन् । लामो समय सहकारी अभियानमा सक्रिय भीमबहादुर गुरुङ प्रमुख कार्यकारी अधिकृत भएर सहकारीको व्यवस्थापन समूहको नेतृत्व गरिरहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width