पोखरा । गण्डकी प्रदेशको २ जिल्लाका सिडिओ फेरिएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेको मन्त्रिस्तरीय निर्णय अनुसार पर्वतमा नेत्रप्रसाद सुवेदी र बागलुङमा केदारनाथ शर्माले सिडिओको जिम्मेमबारी पाएका छन् ।
पर्वतका सिडिओ प्रेमप्रसाद आचार्यको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रशासन हेर्ने गरी सरुवा भएपछि पर्वत खाली थियो । आचार्य मात्रिका यादव मन्त्रीहरु निजी सचिव बसेका थिए । धादिङको सिडिओमा जाने उनको चाहाना भए पनि उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा लगिएको हो ।
पर्वतमा पदस्थापन भएका सुवेदीका केही दिन अघि सूचना प्रविधि तथा सञ्चारबाट गृहमा सरुवा भएको हो ।
यसैगरी बागलुङका सिडिओ खगेन्द्रप्रसाद रिजाललाई बाँके सरुवा गर्दै उनको ठाउँमा केदारनाथ शर्मालाई पठाइएको छ ।
उपसचिवबाट बढुवा भएपछि २ महिनादेखि गृहमा रहेका स्याङ्जाका शर्मा राजश्वका क्याडर हुन् । बाँकेका सिडिओलाई गृहले फिर्ता बोलाएपछि त्यहि ठाउँमा बागलुङबाट रिजाललाई पठाएको हो ।
Related News
सम्बन्धित समाचार
करार फालेर करार नियुक्त गर्दै महानगर
भलिबल क्रेज बढाउँदै टाइगर कप
मिसिङः केटी हराएको सूचना रिलिज
गाईभैंसीपालक कृषकलाई तालिम
पोखरा महानगरपालिकाको १६ औैं नगर सभा सम्पन्न
hero news full width
मुख्य समाचार
धारापानी माविको ७४ औं वार्षिकोत्सव
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
माघ १२, २०८१सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
माघ १०, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१