विपद् व्यवस्थापनबारे अभिमुखीकरण

आदर्श समाज सम्वाददाता
जेठ ६, २०८१
Rambazar News (1)

पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा १० उपशाखाको आयोजनामा विपद् व्यवस्थापनसम्बन्धी अभिमुखीकरण गरिएको छ । अभिमुखीकरणमा वडाका टोल विकास संस्था, आमा समूह र अन्य संघसंस्थाबाट ७५ जनाको सहभागिता थियो ।

पोखरा १० का अध्यक्ष राजेश गुरुङले कार्यक्रम उद्घाटन गर्दै पवित्र र मानवीय सेवामा सधैं खटिने रेडक्रसको वडा उपशाखाले वडाभित्र रहेका टोल टोल र घर घरमा पर्न सक्ने विपद् न्यूनीकरण तालिम आयोजना गरेकाले सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका विपद् व्यवस्थापन उपसमितिका प्रशिक्षक इन्जिनियर सागर गौतम, दीपकनाथ पौडेल र सुनीता भण्डारीले सहभागीलाई प्रशिक्षण दिएका थिए । पोखरा १० का वडा सदस्य परमेश्वर कार्की, वडा सदस्य पूर्णचन्द्र न्यौपाने, उपशाखाका सदस्य निर्मला श्रेष्ठ लगायतले बोलेका थिए ।

उपशाखा सभापति जीवन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपशाखा १० का उपसभापति पवित्रादेवी गुरुङले स्वागत र सचिव विनप्रसाद गुरुङले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम

    आदर्श समाज सम्वाददाता असार १, २०८१
    पोखरा । अनुपम म्यूजिक पोखराले २०२ औं शृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ । शनिबार पोखरामा आयोजित समापन…
  • शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८१
    पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण…
  • प्रहरी प्रवक्तामा डिआइजी कार्की

    आदर्श समाज सम्वाददाता जेठ २१, २०८१
    पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा…
  • रिमाल समाज गण्डकीमा गोकुल

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा । रिमाल समाज गण्डकीको अध्यक्षमा गोकुल रिमाल निर्वाचित भएका छन् । पोखरामा भएको दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले…
  • अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार…

hero news full width