लक्ष्मीनारायण टोल विकासको सभा

आदर्श समाज सम्वाददाता
जेठ ५, २०८१
laxmi narayan

पोखरा । लक्ष्मीनारायण टोल विकास संस्था, पोखरा १३ आर्वाको साधारण सभा शनिबार सम्पन्न भएको छ ।

पोखरा १३ का अध्यक्ष किरण बरालले सभा उद्घाटन गर्दै आगामी आर्थिक वर्षमा आर्वाका करिब ९० प्रतिशत सडकहरू कालोपत्रे (पिच ) गर्ने जानकारी दिए । उनले समग्र आर्वाको विकासमा विभिन्न कामहरू गर्दै आएको भन्दै आफ्नो कार्यकालभित्र आर्वाको मुहार फेरिने गरी विकासको योजना अघि सारेको स्पष्ट पारे । टोल विकास संस्थाले पनि विकासको योजनामा आ–आफ्नो ठाउँबाट साथ दिनुपर्नेमा उनले जोड दिए ।

टोल विकास संस्थाका अध्यक्ष अशोक बरालले टोलमा एक वर्षको अवधिमा गरेका कामको विवरण प्रस्तुत गर्दै सडक बत्ती जडान, टोल सरसफाइ, मठमन्दिर, कुवा चौतारीको मर्मत तथा निर्माणलगायत विभिन्न सामाजिक कामहरू गरिएको प्रतिवेदन उल्लेख गरे ।

मोहरपानी आदर्श टोल विकास संस्थाका अध्यक्ष श्रीराम सिग्देलले टोल विकास संस्था र वडा कार्यालयबीच विकास निर्माणलगायत विभिन्न विषयमा समन्वय गरेर काम गर्ने वातावरण बनाउन आग्रह गरे । उनले आर्वाका धेरै भाग अझै पनि विकास निर्माणमा पछि परेको भन्दै वडा महानगरले यस्ता ग्रामीण क्षेत्रलाई प्राथमिकताका आधारमा बजेट छुट्याएर काम गर्नुपर्ने माग गरे ।

लक्ष्मीनारायण टोल विकास संस्थाका अध्यक्ष अशोक बरालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष विष्णुप्रसाद बराल, संस्थाका सल्लाहकार वसन्त शर्मा अधिकारी, बास्थला गनगने पँधेरा खोला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका निवर्तमान अध्यक्ष नरबहादुर बराललगायतले बोलेका थिए ।

सभामा कोषाध्यक्ष कृष्ण अधिकारीले प्रतिवेदन पेस गरेका थिए । कार्यसमिति सदस्य रमा भुजेलले स्वागत तथा सचिव नवराज बरालले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रमबीच प्रसिद्ध लक्ष्मीनारायण मन्दिर निर्माणमा योगदान पु¥याउने विभिन्न व्यक्ति तथा संघ संस्थालाई सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम

    आदर्श समाज सम्वाददाता असार १, २०८१
    पोखरा । अनुपम म्यूजिक पोखराले २०२ औं शृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ । शनिबार पोखरामा आयोजित समापन…
  • शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८१
    पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण…
  • प्रहरी प्रवक्तामा डिआइजी कार्की

    आदर्श समाज सम्वाददाता जेठ २१, २०८१
    पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा…
  • रिमाल समाज गण्डकीमा गोकुल

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा । रिमाल समाज गण्डकीको अध्यक्षमा गोकुल रिमाल निर्वाचित भएका छन् । पोखरामा भएको दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले…
  • अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार…

hero news full width