पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन

आदर्श समाज सम्वाददाता
जेठ ७, २०८१
PU Hospital (2)

पोखरा। पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सोमबार आयोजित समारोहमा अस्पतालको उद्घाटन गरेका हुन् ।

पोखरा ३०, ढुंगेपाटन, खुँदीमा रहेको यो अस्पताललाई गत चैतमा केही शर्त पालना गर्ने गरी ६ महिनाका लागि १ सय बेड क्षमताको अस्पताल संचालन गर्न प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले अनुमति प्रदान गरेको थियो । १ सय शैयासम्मको अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले अनुमति दिने भए पनि त्यसभन्दा माथि शैयाका लागि संघ सरकारको अनुमति लिनुपर्छ ।

उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री अधिकारीले अस्पतालले २ वर्षमा बेड क्षमता ३ सय पुर्‍याएर एमविविएसको अध्यापन गर्ने लक्ष्य पूरा गर्न सकोस् भनी शुभकामना दिए ।

Related News

सम्बन्धित समाचार

  • दृष्टिका लागि ठिक्क पावरको चस्मा हुनुपर्छ

    डिल्लीराम सुवेदी असार ४, २०८१
    निकै थोरै समय र राजनीतिक रस्साकस्सीको बीचमा आएको यो नीति तथा कार्यक्रम सन्तुलित देखिन्छ । यसले अलिकति सपना पनि देखेको…
  • किन घटेर आयो गण्डकीको बजेट ?

    आदर्श समाज सम्वाददाता असार ४, २०८१
    पोखरा । चालु आर्थिक वर्षमा सरकारले प्रक्षेपण गरेमध्ये संघ सरकारले दिने भनेको १ अर्ब ९८ करोड रुपैयाँ समानीकरण अनुदान पठाएको…
  • डा. एलियामालाई गण्डकी नारी सम्मान

    आदर्श समाज सम्वाददाता असार ३, २०८१
    पोखरा । लायन्स क्लब अफ पोखरा गण्डकीले शिक्षा तथा समाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएकी शिक्षाविद् डा.एलियामा जोनलाई ‘गण्डकी नारी सम्मान’…
  • पोखरा १२ का बासिन्दालाई मणिपाल हस्पिटलमा छुट

    आदर्श समाज सम्वाददाता असार ३, २०८१
    पोखरा । पोखरा महानगरपालिका १२ का बासिन्दाले पोखराको मणिपाल हस्पिटलमा उपचार गर्दा छुट पाउने भएका छन । वडा कार्यालय र…
  • गण्डकीको बजेट ३३ अर्ब

    प्रकाश ढकाल असार ३, २०८१
    पोखरा । गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि करिब ३३ अर्बको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा.…

hero news full width