सिद्ध र कालिका क्रिकेटको फाइनलमा

आदर्श समाज सम्वाददाता
वैशाख २०, २०८१
semi

पोखरा । कंगारु एजुकेशन फाउण्डेशन टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिताको उपाधिका लागि सिद्ध र कालिका मावि आमनेसामने भएका छन् ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा भएको प्रतियोगितामा शुक्रबार पोखरा रंगशालामा फाइनल प्रतिस्पर्धा हुने खेल संयोजनकर्ता गोविन्द प्रधानले बताए ।

बिहीबार सेमिफाइनलमा सिद्धले अमरसिंह माविमाथि २ विकेटको रोमाञ्चक जित निकाल्दै उपाधिका लागि कालिकासँगको भेट पक्का गरेको हो ।

कालिका मावि यसअघि नै ४ अंकका साथ नेट रनरेट आधारमा फाइनल पुगिसकेको थियो ।

पहिला व्याटिङ गरेको अमरसिंहले पूरै २० ओभर खेल्दै २ विकेटको क्षतिमा १ सय ६ रन बनाएको थियो । अमरसिंहको व्याटिङमा सिपको साथी कफी क्लास प्लेयर अफ द म्याच चन्द्रमाया बरालले सर्वाधिक ३२ रनको पारी खेलिन् । सिद्धका लागि संजिला राना मगरले १ विकेट लिएकी थिइन् ।

जितका लागि १ सय ७ रनको लक्ष्य पछ्याएको सिद्धले अन्तिम ३ बल बाँकी छँदै लक्ष्य प्राप्त गरेको हो । उसले १९ दशमलब ३ ओभरमा ८ विकेट गुमाएर जित निकाल्ने क्रममा रचना चौधरी र एलिना श्रेष्ठ दुवैले समान ११ रन बनाए । अमरसिंहका बलर सुविना गुरुङले ३, चन्द्रमाया बरालले २ तथा सुस्मिता विष्टले १ विकेट लिइन् ।

गत १५ वैशाखदेखि सुरु भएको प्रतियोगितामा पोखरा महानगरका ९ विद्यालयले भाग लिएका थिए । खेल लिगकम नकआउट आधारमा खेलाइएको हो ।

महिला क्रिकेटलाई प्राथमिकता दिँदै ग्रासरुटबाटै क्रिकेट विकास गर्न प्रतियोगिता आयोेजना गरिएको पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदारले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width