संगम सहकारीको सम्मान

आदर्श समाज सम्वाददाता
जेठ ४, २०८१
Sangam Sahakari

पोखरा । संगम बचत तथा ऋण सहकारी संस्थाले २१ औं स्थापना दिवसमा विभिन्न विधामा उत्कृष्ट सदस्यलाई सम्मान गरेको छ । सो अवसरमा बिस्तारित मञ्च र स्वस्थ्य सचेतनाको समेत भयो ।

दीर्घकालीन बचतमा सम्झना पौडेल गौतम, ज्येष्ठ सदस्य बचतमा श्यामकुमार कुँवर, दैनिक बचतमा पदमराज लम्साल, बालबचतमा जेशन विश्वकर्मा, ऋण कारोबारीमा रुकमाया कुँवर र सुझावकर्तामा हरिहर पराजुली उत्कृष्ट भए । यस वर्षको उत्कृष्ट सञ्चालक धनराज पुरी, उत्कृष्ट उपसमिति संयोजक / सदस्य तिलक थापा र उत्कृष्ट कर्मचारी धनमाया दुरा भए ।

पोखरा महानगरपालिका लेखा समिति सदस्य एवं वडा १५ का सदस्य बलराम पौडेललगायतले उनीहरुलाई नगद, प्रशंसापत्र प्रदान गर्दै संगम वडा १५ कै गर्व गर्न लायक सहकारी भएको बताए । लेखा संयोजक भोविन्द्र गिरीले संस्थाको सबै कामहरु पारदर्शी भएकोमा खुसी व्यक्त गरे ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सप्रा डा हरि पौडेलले दुखाई रोग हो र यसको उपचार हुन्छ भन्ने सबैले बुझ्न जरुरी छ भन्दै समस्या भएकाहरुले बेलैमा चिकित्सकको परामर्श लिन अनुरोध गरे । नवराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा नीरज थापा, बुद्धिमान थापा, धनराज पुरी, बृहस्पति अधिकारी, खडानन्द तिमिल्सिना, संगीता केसी र हरिहर पराजुलीले शुभकामना दिएका थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • पुसमा २० औं लेखनाथ महोत्सव

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८१
    लेखनाथ । हरेक वर्ष जस्तै मेला तथा महोत्सव गर्दै ख्याति कमाएको लेखनाथ उद्योग वाणिज्य संघ २०औं संस्करणको लेखनाथ महोत्सव–२०८१ तयारीमा…
  • आइकोनिक रिमझिम बल क्यान्डी

    आदर्श समाज सम्वाददाता मंसिर १०, २०८१
    पोखरा । सुजल फुड्स प्रालिले लोकप्रिय क्यान्डी ‘रिमझिम बल’ पुनः बजारमा ल्याएको छ । नेपाली अग्रणी कन्फेक्सनरी उद्योग सुजलले सन्…
  • ४ महिनामा साढे ४ खर्ब व्यापार घाटा

    रासस मंसिर ८, २०८१
    काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा मुलुकले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेका छ ।…
  • आदर्श समाजकर्मी शर्मा सम्मानित

    आदर्श समाज सम्वाददाता मंसिर ८, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अब प्रविधिमैत्री नहुने हो भने व्यवसायमा सफलता प्राप्त हुन नसक्ने बताएका छन् ।…

hero news full width