पोखरा । बिहीबार मध्यान्हको समय । विद्यालय प्राचार्यले सम्पूर्ण विद्यार्थी मतदातालाई लाइनमा बस्न आग्रह गरे । एकातिर छात्रा र अर्कोतिर छात्र पंक्तिबद्ध भए ।
आमनिर्वाचनमा मतदानस्थल जसरी व्यवस्थापन गरिएको हुन्छ, त्यसरी नै व्यवस्थापन गरिएको भयो । मतपत्र, स्वस्तीक छाप, मतपेटिकालगायतका सामग्री राखिएको थियो ।
उक्त दृश्य नदीपुरस्थित प्रतिभा माविको नमुना मतदान थियो । कक्षा १० को सामाजिक विषयमा भएको निर्वाचन प्रक्रियासम्बन्धी पाठअनुसार विद्यार्थीलाई मतदान सिकाइएको थियो । ‘सैद्धान्तिक ज्ञानले भन्दा प्रयोगात्मक तथा व्यवहारिक ज्ञानले विद्यार्थीमा छिटो सिकाइ हुने भएकाले त्यसतर्फ बढी जोड दिएका छौं,’ संस्थापक प्राचार्य किरण सापकोटाले भने ।
विद्यार्थीलाई निर्वाचन प्रणाली अन्तर्गत मताधिकार, मतदान, प्रजातान्त्रिक प्रक्रियाबाट जनप्रतिनिधि कसरी निर्वाचित हुन्छन् आदिबारे ज्ञान दिने मुख्य उद्देश्यका साथ नमुना निर्वाचन गरिएको सहप्राचार्य, सामाजिक विषय शिक्षक तथा कार्यक्रमका निर्वाचन अधिकृत प्रदीप खनालले बताए ।
कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन गर्ने ८६४ विद्यार्थी मतदाता भएको सो कार्यक्रममा विभिन्न सदनका क्याप्टेन र भाइस क्याप्टेनका लागि २÷२ जना विद्यार्थीबीच प्रतिस्पर्धा भएको नमुना निर्वाचन कार्यक्रमका व्यवस्थापक एवं सहप्राचार्य बुद्धिमोहन पौडेलले बताए ।
रातो सदन क्याप्टेनका लागि सुशान्त भूषालले ५२ र भाइस क्याप्टेनका लागि एन्जल कोइरालाले ५० मत प्राप्त गरी विजयी भएको मतदान अधिकृत डम्बर क्षेत्रीले बताए । निकटतम् प्रतिस्पर्धी क्रमशः हिमांकन सापकोटाले ५१ र आदर्श क्षत्रीले ३७ ल्याए । नीलो सदन क्याप्टेनमा दीप क्षत्रीले ७३ र भाइस क्याप्टेनका लागि सौरभी कार्कीले ७८ मत प्राप्त गरी विजयी भए । क्रमशः चाहना खड्काले ५३ र शिवम् रौनियारले ३७ मत मात्र ल्याए ।
हरियोतर्फ क्याप्टेनका लागि सुमीत खत्री १२० र भाइस क्याप्टेनका लागि निम्बुज अधिकारीले ४६ मत प्राप्त गरी विजयी हँुदा निकटतम् प्रतिस्पर्धी क्रमश युनिक अर्यालले ३१ र प्रणय चालिसेले ३७ प्राप्त गरे । पहेंलो सदन क्याप्टेनका लागि पियुष नेपालीले १०६ र भाइस क्याप्टेनका लागि सन्ध्या पण्डितले ५९ मत प्राप्त गरी विजयी भए । एभरग्रिनले ४७ र विवश थापाले ३७ मत मात्र ल्याएको अतिरिक्त क्रियाकाजप प्रमुख प्रकाश अधिकारी बताए ।
Related News
सम्बन्धित समाचार
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
प्रदेशस्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगितामा न्यू मोडलको टिमको वर्चश्व
विद्यालय खेलकुद महासंघमा कृष्ण
hero news full width
मुख्य समाचार
तत्काललाई टर्यो पोखरा महानगरको लफडा
देशभरका कानून व्यवसायी पोखरामा
मंसिर २३, २०८१प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
मंसिर २३, २०८१अपहरण शैलीमा ल्याइएको रविको गुनासो
मंसिर २३, २०८१पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१