अन्नपूर्ण ४ को वडा कार्यालय घेराबार

आदर्श समाज सम्वाददाता
जेठ ३, २०८१
annapurna 4

पोखरा । अन्नपूर्ण गाउँपालिका वडा नं. ४ कार्यालय, गेट तथा कम्पाउण्ड वाल निर्माण गरी घेरावार गरिएको छ । गाउँपालिकाको ९ लाख ९९ हजार लागतमा पोखरास्थित मणि कन्ट्रक्सनले घेरावार गरेको हो । बारको मंगलबार गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले उद्घाटन गरे ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष केसीले जनताले विकास खोजीरहेको औंल्याउँदै जनप्रतिनिधीको ध्यान विकास निर्माणमै हुनुपर्ने जनाए । उनले भवन निर्माणका अलवा आवश्यक फर्निचरको व्यवस्थापन पनि कार्यालयका लागि महत्वपूर्ण हुने भनाइ राखे ।

पालिका उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारीले समयमा नै कार्य सम्पन्न गरेकोमा निर्माण व्यवसायीलाई धन्यवाद दिँदै एकमत भएर विकासमा होमिन आग्रह गरिन् । उनले भौतिक विकास क्रमिक रुपमा हुँदै गएपनि मानवीय विकास भने अझै नभएको औंल्याइन् ।

पूर्व जनप्रतिनिधि एवं कांग्रेस नेता पोषनाथ शर्माले सल्यानको विकास निर्माणका विषयमा राजनीतिक विमती नहुनु सुखद् भएको धारणा राख्दै अन्नपूर्ण ४ लाई नमुना वडाका रुपमा विकास गर्नुपर्ने स्पष्ट पारे ।

वडाध्यक्ष आइन्दल गुरुङले जग्गादाता र जग्गा प्राप्तिमा सहयोग गर्ने सबैलाई धन्यवाद दिर्दै विकासमा स्थानीय समुदायसँग मिलेर काम गर्नुपर्ने बताए ।

त्यस अवसरमा स्थानीयहरु वीरबहादुर गुरुङ, अनिल गुरुङ, नारायणी क्षत्री, ताइकाजी गुरुङ, देवसिंह थापा, मानबहादुर केसी, भरतबहादुर केसी लगायतले पनि धारणा राखे ।
वडाध्यक्ष गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पशुपति केसीले स्वागत, प्राविधिक इन्जिनियर शैलेन्द्र क्षत्रीले आय व्यय प्रस्तुत तथा वडा सचिव नमिताकुमारी शर्माले कार्यक्रम सञ्चालन गरिन् ।

Related News

सम्बन्धित समाचार

hero news full width