सराङकोटमा सहिद स्मृति भवन निर्माण

आदर्श समाज सम्वाददाता
जेठ ३, २०८१
sarangkot

पोखरा । पोखरा–१८, सराङकोटस्थित राष्ट्रिय विभूति तथा सहिद पार्क क्षेत्रभित्र सहिद स्मृति भवन निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको लागतमा निर्मित भवनको बिहीबार सरकारका पूर्व अर्थमन्त्री रामजीप्रसाद बराल जीवन तथा पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले संयुक्तरुपमा उद्घाटन गरे ।

माओवादी केन्द्र कास्की इञ्चार्जसमेत रहेका पूर्व अर्थमन्त्री बरालले सहिद, बेपत्ता योद्धालाई सम्मान गर्दै उनीहरुले देखाएको बाटोमा अविचलित रुपमा लाग्न सके राज्यमा चाँडै विकास हुने औंल्याए । उनले पार्क क्षेत्रमा जनआन्दोलन तथा जनयुद्धका सहिदको स्तम्भ निर्माण गर्नुपर्नेमा जोड दिँदै पछिल्ला समय नेपालमा राजनीतिक संस्कार हराउँदै गएकोतर्फ सचेत गराए ।

महानगर उपप्रमुख गुरुङले सहिदहरु राष्ट्रका साझा सम्पत्ति भएको बताइन् । उनले योजना निर्माण गरी भवनलाई दिगो रुपमा व्यवस्थापन गर्नुपर्ने जनाइन् । उनले पार्क तथा भवनलाई सहिद तथा बेपत्ता योद्धाको अध्ययन केन्द्रका रुपमा विकास गर्नुपर्ने धारणा राख्दै निर्माण सहयोगी प्रदेश सरकारलाई धन्यवाद दिइन् ।

भवन निर्माणका लागि प्रदेश सरकारले आव २०७९/८० मा १ करोड बजेट विनियोजन गरेको थियो

महानगर प्रवक्ता मोतिलाल तिम्सिनाले सराङकोट आफँैमा पर्यटकीय स्थल भएको चर्चा गर्दै स्मृति भवन पयर्टकीय महत्वको बन्ने विश्वास लिए । उनले विकास निर्माणका क्रियाकलापमा जनता तथा जनप्रतिनिधि सँगसँगै हुनुपर्ने भन्दै जनचासोले विकासलाई संकेत गर्ने बताए । पोखरा १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले विकास निर्माणमा चासो राख्न वडावासीलाई आग्रह गरे । उनले भवनको भरपूर प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले विगतमा पार्क क्षेत्र अतिक्रमण हुन खोजेको स्मरण गर्दै सबैको प्रयासबाट त्यसलाई विफल बनाइएको बताए ।

पूर्व वडाध्यक्ष रणबहादुर थापाले इमानदारीपूर्वक ग्यारजातीवासीले जग्गा संरक्षण गरेकाले पार्क निर्माण गर्न पाइएकोमा खुसी व्यक्त गर्दै सराङकोटको विकासमा प्रदेश सरकारको महत्वपूर्ण सहयोग रहेको धारणा राखे ।

पार्क व्यवस्थापन समिति अध्यक्ष भरतबहादुर थापाले सराङकोटमा पर्यटन प्रवद्र्धन गर्न खोजिएको स्पष्ट पार्दै त्यसमा हातेमालो गर्न सबैसँग आग्रह गरे । पार्क व्यवस्थापन समिति उपाध्यक्ष लक्ष्मण तिमिल्सिनाले भवन सराङकोटवासी सबैको साझा सम्पत्ति भएको जनाए । उनले आगामी असोजसम्म भवन निशुल्क उपलब्ध गराउने निर्णय भएको सुनाए ।

पार्क व्यवस्थापन समिति अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तिमिल्सिनाले स्वागत र सदस्यसचिव गंगाधर तिमिल्सिनाले सञ्चालन गरे ।
भवन निर्माणका लागि प्रदेश सरकारले आव २०७९÷८० मा १ करोड बजेट विनियोजन गरेको थियो । जसमार्फत त्यहाँ सभाहल, स्टोरसहितको बहुउद्देश्यीय भवन निर्माण गरिएको हो ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width