पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०८१
f723a560-2455-4d86-97d5-095514850ac4

पोखरा। पोखरा–५, मालेपाटनमा मध्यरातमा भएको सवारी दुर्घटनामा मानवीय क्षति भने टरेको छ ।

सिर्जनाचोकदेखि मालेपाटनतर्फ जाँदै गरेको बा ११ च ७७३५ नम्बरको निजीकार सोमबार राति साढे १२ बजे पोखरा–बागलुङ राजमार्ग अन्तर्गत विद्युत कार्यालय नजिक डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको हो ।

ठक्करबाट कारको अगाडि भाग पूर्ण क्षति भएको छ ।  कारका सिसासहितका टुक्राहरु सडकभरि छरपस्ट छन् । सडक डिभाइडर समेत भत्किएको छ ।

नजिकै घरको बरण्डामा सुतिरहेका एक स्थानीयले ठूलो आवाज आएको सुनेपछि हतारिँदै दुर्घटनास्थल पुग्दा चालक र एक यात्रु भने सकुशल रहेको देखेका थिए । उनीहरु कारबाट बाहिर निस्कने प्रयास गर्दै थिए । अर्की एक स्थानीय महिलाले आफ्नो पार्किङ गरेको कारमा कसैले आएर हानेको जस्तो सुनेको बताइन् । राजमार्गतिर हेर्दा त धेरै मानिसहरु दौडिरहेको देखेको बताइन् । प्रहरीलाई खबरपछि सशस्त्र प्रहरीको मालेपाटन गण तथा वडा प्रहरी कार्यालय बैदामको टोली दुर्घटनास्थल आएको थियो ।

प्रहरीका अनुसार कारचालक पोखरा छोरेपाटनका प्रकाश रेग्मी हुन् । रेग्मीले मदिरा सेवन गरेका छन् । आफ्नो साथी बताउने २४ वर्षीया युवतीलाई सिर्जनाचोकदेखि मालेपाटनसम्म छोड्न भनी जान लाग्दा तीव्र गतिका कारण कार दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानले देखिएको प्रहरीले जनायो । चालक र यात्रु दुवै जना सकूशल छन् । कार हटाउन अनेक प्रयास भए पनि प्रहरी र स्थानीय असफल छन् । राति २ बजेसम्म कार सडकमा तेर्सो परेको छ । जसका कारण अर्को दुर्घटनाको जोखिम बढेको छ ।

उक्त राजमार्गको स्तरोन्नति गरिएसँगै सुविधासम्पन्न भए पनि असीमित गतिका कारण दिनहुँजसो सवारी दुर्घटना निम्तिने गरेको पाइन्छ।

तस्बिरः विजय नेपाल

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width