२८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’

आदर्श समाज सम्वाददाता
वैशाख २१, २०८१
Khajure Bro Photo

पोखरा । कमेडी नेपाली फिल्म ‘खजुरे ब्रो’ यही २८ वैशाखदेखि प्रदर्शनमा आउँदैछ । सुरज सुनुवार निर्देशित यो फिल्मको प्रचारका लागि यतिखेर फिल्म युनिट नारायणगढ, बुटवलहुँदै पोखरा आएको छ ।

चलचित्र पत्रकार संघ नेपाल कास्की आयोजनामा बिहीबार पत्रकार सम्मेलनमा निर्माता तथा कलाकार नवीन मानन्धर, कलाकार रेअर राई, महेश त्रिपाठी, पुष्कर काकी उपस्थित थिए ।

फिल्मको मुख्य पात्र ‘खजुरे’ को भूमिकामा देखिएका कलाकार रेअरले फिल्ममा खजुरे पात्र सहरमा भविष्यलाई सोच्ने हैन अहिलेको वर्तमानमा कसरी जीवन जिउन सकिन्छ भन्ने कुरालाई कमेडी शैलीले प्रस्तुत गरेको बताए ।

अभिनेता महेश त्रिपाठीले फिल्मको कथा फरक भएकोले आफू फिल्मसँग जोडिएको बताए । फिल्मले दर्शकलाई केही नयाँ र भिन्न अनुभूति दिने उनको धारणा रहेको छ । उनले चलचित्र सफल हुने आफू विश्वस्त रहेको धारणा राखे ।

पत्रकार सम्मेलनमा उपस्थित निर्देशक समाज अध्यक्ष जनकदीप पराजुलीले प्रादेशिकस्तरमा निर्देशक समाज गठन गर्न लागेको सुनाए । कार्यक्रममा फिल्मकर्मी राजेन्द्र घिमिरे पनि उपस्थित थिए ।

दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन तथा मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण भएको फिल्मको निर्माण नवीन मानन्धर तथा सुरज सुनुवारले गरेका हुन् । सुनील श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सहनिर्माता रहेको फिल्ममा डायमण्ड उप्रेती कार्यकारी निर्माता छन् । फिल्ममा शिशिर विशंखेको छायांकन, मित्र डि गुरुङको सम्पादक र अनमोल गुरुङको संगीत छ । नीति शाहको डेब्यु यो फिल्ममा वीनिता थापा, प्रकाश भुजेल, मनीष राउत, प्रेम सुब्बा, सुजाता राई, दीपचन्द्र राई, शान्तिला तामाङ लगायत कलाकारलाई पनि देख्न सकिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width