‘पुजार सार्की’ का कलाकार पोखरामा

आदर्श समाज सम्वाददाता
जेठ २७, २०८१
448130958_122148026252221533_8894338775952266393_n

पोखरा । जातीय विभेदविरुद्ध कथावस्तु बोकेको फिल्म ‘पुजार सार्की’ तेस्रो सातामा प्रदर्शन भइरहँदा कलाकार आइतबार पोखरा आएका छन् । कास्कीकोटमा छायांकन भएको दिनेश राउत निर्देशित यो फिल्मका मुख्य कलाकारमध्ये आर्यल सिग्देल, अञ्जना बराइलीले पोखरेली दर्शकसँग प्रतिक्रिया लिएका छन् ।

सभागृह चोकस्थित मिड टाउन पुगेका कलाकारलाई एक्कासि देख्दा दर्शक उत्साहित देखिन्थे । उनीहरुले फिल्म राम्रो बनेको प्रतिक्रिया दिँदै कलाकारसँग सेल्फी लिएका छन् ।

फिल्म पोस्टरको पेन्सिल स्केच गरेका पोखरेली उत्सव नेपालीले फ्रेमसहितको चित्ताकर्षक स्केच कलाकारलाई हस्तान्तरण गरे । यो स्केचलाई धेरैले मन पराएका छन् ।

निर्देशक राउतले फिल्मले ६ करोडभन्दा बढीको कारोबार गरिसकेको दाबी गरे । उनले जातीय विभेदविरुद्ध बनेको ‘पुजार सार्की’ लाई रुचाइदिएकोमा खुसी लागेको बताए ।

नायक सिग्देल दर्शकसँग भेट्दा क्यारेक्टर ओरियन्टेड पर्फमेन्स देख्न पाएको भन्दै प्रतिक्रिया मिलेको बताउँछन् । अभिनेत्री बराइलीले ‘मैया’ पात्रलाई धेरैले मन पराएकोमा उत्साहित रहेको बताइन् । फिल्ममा आउनुको कारण खुलाउँदै उनले भनिन्, ‘फिल्म मेरो सपना हो, यो बाहेक अर्को क्षेत्रमा केही गर्न सक्छु भन्ने लाग्दैन । त्यही भएर यहाँ छु ।’

मिडिया संयोजक जीवन पराजुलीले यो फिल्म सबै वर्गको फिल्म हो भने । ‘यसअघि आफूले गरेका फिल्ममा लक्षित कुनै वर्ग हुन्थ्यो, त्यसलाई टार्गेट गरेर प्रचार गरिन्थ्यो, अहिले पुजार सार्की सबै वर्गको फिल्म भएकोले त्यही अनुसार प्रचार छ,’ पराजुलीले भने । विभिन्न हल पुग्दा कहिल्यै फिल्म हेर्न हल नछिरेका पनि यसपालि आएको उनले बताए ।

गत १० जेठमा रिलिज भएको यो फिल्मलाई दर्शकले अत्यधिक रुचाएका छन् । सुवास भुसालको निर्माण तथा विकास सुवेदीको कथामा निर्मित फिल्ममा प्रदीप खड्का, पल शाह, परीक्षा लिम्बु लगायत कलाकारको पनि प्रमुख भूमिका छ ।

तस्बिरहरुः परिचय र इभेन्ट पोखरा ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग