‘पुजार सार्की’ का कलाकारले पोखराका दर्शक भेट्दै

आदर्श समाज सम्वाददाता
जेठ २७, २०८१
447645072_446748931428498_2261719228103950759_n

पोखरा । रिलिजको १८औँ दिनमा आइतबार फिल्म ‘पुजार सार्की’ कलाकार पोखरा आएका छन् । सभागृहकचोकस्थित मिड टाउन सिनेमा हलमा फिल्मको मध्यान्तरमा करिब ३ बजे उनीहरुले दर्शकको प्रतिक्रिया लिने छन् ।

कलाकार आर्यन सिग्देल र अन्जना बराइली साथमा निर्देशक दिनेश राउतले दर्शक भेट्ने कार्यक्रम रहेको सो फिल्ममा मिडिया संयोजक जीवन पराजुलीले बताए । दर्शकलाई प्रत्यक्ष भेटी फिल्मबारे प्रतिक्रिया लिने बताइएको छ । कलाकार आउने भएपछि दर्शक पनि उत्साहित देखिएको सिनेमा हल स्रोतले जनाएको छ ।

पुजार सार्की टिम शनिबार चितवन पुगेर दर्शक भेटेको थियो ।

गत १० जेठमा रिलिज भएको यो फिल्मलाई दर्शकले अत्यधिक रुचाएका छन् । सुवास भुसालले निर्माण गरेको र विकास सुवेदीले लेखेको यो फिल्ममा प्रदीप खड्का, पल शाह, परीक्षा लिम्बु लगायतका कलाकारहरूको पनि प्रमुख भूमिका छ । जातीय विभेदविरुद्ध बोल्ने यो फिल्म कास्कीको कास्कीकोटमा सुटिङ भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग