वनमा आगो नलगाउन एमाले वडा कमिटी २१ को आग्रह

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०८१
Rajendra Thapa

वडा कमिटी २१ का अध्यक्ष राजेन्द्र थापा

पोखरा । नेकपा (एमाले) पोखरा–२१ ले वायु प्रदूषणका कारण आँखा र फोक्सोमा गम्भीर समस्या पर्ने भएकोले वनजंगलमा आगलागी नलगाउन सबैमा आग्रह गरेको छ । पोखरा क्षेत्रमा यतिबेला वायु प्रदूषण बढेकोले मानिसहरु बिरामी परेका छन् । डढेलो र धुलाम्मे सडकहरु यसका प्रमुख कारण हुन् भन्दै सचेत रहन आग्रह गरेको हो ।

एमाले पोखरा वडा २१ को बैठकले उक्त आग्रह गर्दै आगलागीले खानेपानीका पाइप पनि जलेर नष्ट भएको र पोखरा २१ र ३३ मा सञ्चालित सहलगानी खानेपानी आयोजनाले परीक्षण रुपमा वितरण गरेको खानेपानी व्यवस्थित र स्वच्छ रुपले बितरण गर्न वडा कार्यालय र पोखरा महानगरको ध्यानाकर्षण गराएको छ । बैठकमा निवर्तमान वडाध्यक्ष खगराज आचार्य, जिल्ला कमिटी सदस्य कृष्ण थापा, झपट रानाभाट, प्रदेश कमिटी सदस्य चन्द्र रोकाहाले प्रशिक्षात्मक मन्तव्य राखेका थिए ।

एमाले वडा कमिटी अध्यक्ष राजेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा हालै जिल्ला कमिटीमा निर्वाचित झपट रानाभाट, कृष्णबहादुर थापा र रमादेवी आचार्यलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । बैठकको सञ्चालन उपाध्यक्ष खगराज न्यौपानेले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग